Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा

संवादाताः रामचन्द्र वि.क.
पुस १७, २०७९

प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशति प्रहार खबर साप्तहिक पत्रिका दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहति सूरु गरिएको यात्रा तेस्रो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरु लिने मौका पाएका छौँ । यो दुई वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रुपमा लिएका छौँ । कोरोना महामारीकै बीच प्रकाशनमा रहेका पत्रिका समेत बन्द भइरहेकै बेला हामीले जोखिम मोलेरै सुरु गरेको प्रहार खबर साप्ताहिकलाई दुई वर्ष सम्म नियमित प्रकाशन गर्न सफल भएका छौँ । कोरोना महामारी र त्यपछि आएका विभिन्न विपत्तीमा समेत पत्रिकालाई नियमित प्रकाशन गरेर जिवित राख्न सफल भएकोमा हामीले यो सफलतालाई ठूलो अवसरका रुपमा लिएका छौँ ।

यो दुई वर्षको अवधिमा रामेछाप जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिकामा प्रहार खबर साप्ताहिक पनि सशक्त एक संचार माध्यमको रूपमा उदाइसकेको छ । दुई वर्षे यात्रामा हामीले भोग्दै आएका चुनौतीका चाङलाई अवसरमा मात्र बदलेका छैनौं । यो छोटो समयमा आम पाठकहरुको विश्वास जित्न सफल भएका छौँ । यसलाई हामीले अर्को सफलता मानेका छौँ । आम पाठकहरुले दिएको माया र हाम्रा सामग्री प्रति देखाएको विश्वास हामीले हाम्रो ठूलो सम्पत्ति मानेका छौँ । हामीले आर्जन गरेको यति ठूलो सम्पत्तिको श्रेय तपाईं पाठकहरुमा नै जान्छ । पत्रिकाको भिडमा उदाएको प्रहार खबर साप्ताहिकले छुट्टै स्थान बनाउन सफल भएको हामीले महसुस गरेका छौँ । आम पाठकको चाहना अनुसार कोरोना कालमै सुरु भएर कोरोना महामारी र त्यपछिका विभिन्न संकटमा समेत समाचारको अपरिहार्यतालाई पूरा गर्दै नियमित प्रकाशन भइरहेकाले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।

सकरात्मक सोच र सहि सूचनामा मात्रै लोकतन्त्र संस्थागत हुन्छ भन्ने मान्यतालाई हामीले आत्मसात गर्दै निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रकाशन गर्ने दायित्वबाट हामी कहिल्यै भाग्ने छनौँ । समाचार सामग्री प्रकाशन गर्ने क्रममा हामीबाट अन्जानमा गल्ती भएको भए माफी माग्दै आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन हामी थप सचेत हुने छौँ ।

‘राम्रोलाई प्रचार प्रसार, नराम्रोलाई सिधै प्रहार’ भन्ने नारा लिइर सुरु भएको हाम्रो यात्रालाई कदापि पनि विचलित हुन दिने छनौँ । संविधान विपरित कार्य गर्ने विरुद्ध प्रहार खबरको खबरदारी कायमै रहने छ । समाजमा मौलाइरहेको भ्रष्ट्राचार, अनियमितता, हत्या, हिंसा, बलात्कार जस्ता अपराध जन्य गतिविधिका विरुद्धमा हाम्रो कलम चलीरहने छ । लामो संघर्षपछि स्थापना भएको संघीयतालाई संस्थागत गर्ने जिम्मेवारी हामीमाथि पनि छ । तसर्थ लोकतान्त्रिक गणतन्त्रसँगै संघीयतामाथि धावा बोल्नेका विरुद्ध हामी सधैँ आवाज उठाइरहने छौँ । हामी कुनैपनि दलगत आस्था र विचारको स्वार्थको प्रभावमा परेका छैनौं र भविष्यमा समेत दलगत आस्था र विचारको स्वार्थको प्रभावमा पर्ने छैनौँ ।

अबको हाम्रो प्राथमिकता यो दुई वर्ष सम्म लिएको अनुभवलाई थप परिमार्जन गर्दै संवेदनशील बन्दै आम पाठकहरूको चाहनाअनुसारको सामग्रीहरु पस्कनेमा केन्द्रित हुनेछ ।

अन्तमा कोरोनाको महामारीबाट सुरु भएर विभिन्न संकटहरुमा समेत नियमित प्रकाशनमा रहेर कष्टपूर्ण दुई वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार साथीहरु, कर्मचारी लगायत सबैमा मनै देखि धन्यवाद दिन चाहन्छौँ । हामी चाहान्छौ तपाइको सल्लाह र सुझान नियमि पाउँ । तपाइले दिने सल्लाह र सुझावलाई आत्मसात गर्दै थप सशक्त बनेर अगाडि बढ्ने प्राण गर्दछौँ ।

रामचन्द्र वि‍.क.
अध्यक्ष एवं प्रधान सम्पादक

प्रहार खबर साप्ताहिकमा २०७९ पौष १७ गते आइतबार प्रकाशित

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper