Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक १७, २०७९

रामेछाप– रामेछाप प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । असोज ३१ गते देखि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सुरु गरेको वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

रामेछाप प्रदेश सभा (क) को लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहबाट सुरु भएको अभियान मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइपुगेर सम्पन्न भएको हो । वडा स्तरीय सभा तथा मतदाता भेटघाट कार्यक्रममा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम र माओवादीबाट प्रदेश सभा सदस्यको उम्मेद्वार रहेका तारानारायण श्रेष्ठ सहित नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र आम मतदाताको सहभागितमा रहेको थियो ।

रामेछाप प्रदेश सभा (क) भित्र रहेका ३२ वटा वडा मध्ये ३१ वडा वडाको विभिन्न ठाउँमा भएका वडा स्तरीय सभा तथा मतदाता भेटघाटका क्रममा मतदाताहरुले आफ्नो वडा तथा टोलमा रहेका समस्याहरु उम्मेद्वारहरुलाई राखेका थिए । मतदाताहरुले वडा तथा टोलमा भएका समस्याहरु राखेपछि उम्मेद्वारहरुले स्थानीय नागरिकहरुले विगत देखि भोग्दै आएका विभिन्न समस्याहरुलाई गठबन्धनमा आबद्ध रहेका दलहरुका केन्द्रीय घोषणा पत्र र आफूहरुले संयुक्त रुपमा तयार पारेको प्रतिबद्धता पत्रमा समधान गर्ने गरी उल्लेख गरेको बताउँदै निर्वाचित भएपछि क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

अभियानको क्रममा लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनाब लड्नुको कारण बताउँदै जनताको लामो संघर्षपछि बनेको संविधान नै सिध्याउने गरी केपी ओली नेतृत्वमा रहेको नेकपा एमालेले संविधन विपरित काम गर्न थालेपछि परिवर्तनकारी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संविधान बचाउन गठबन्धन गरेर चुनावमा आएको दावी गरेका छन् ।

रामेछाप प्रदेश सभा (क) का ३२ वडा मध्ये मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कार्यक्रम हुन बाँकी रहेको र उक्त ठाउँमा फेरि मिति तय गरेर कार्यक्रम गरिने नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका उपसभापति लेख बहादुर कार्कीले बताए । उपसभापति कार्कीका अनुसार रामेछाप प्रदेश सभा (ख) को कार्यक्रम पनि मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरबाट बुधबार देखि सुरु भएको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper