Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापमा गठबन्धनको उम्मेद्वारी दर्ताः प्रतिनिधिसभामा काँग्रेस र दुई प्रदेश सभामा माओवादी

संवादाताः हाम्रो प्रहार
अशोज २३, २०७९

रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट काँग्रेस–माओवादी गठबन्धनले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार अपरान्ह साढे ४ बजे गठबन्धनका उम्मेद्वारहरुले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा सदस्यको लागि जिल्ला सभापति समेत रहेका नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कन्छाराम) ले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप प्रदेश सभा (क) को लागि नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) को लागि माओवादीकै युवराज चौलागाईंले उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता गराउँदै प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले आफ्नो उम्मेद्वारी रामेछापको समग्र विकासको लागि भएको बताएका छन् । यस अघि पनि आफ्नो व्यक्तिगत सहयोगमा रामेछापको विकास गरिरहेको बताउँदै मंसिर ४ पछि एउटा सरकारको प्रतिनिधि भएर विकास गर्ने चहाना रहेको र त्यो चहाना जनताले पुरा गरिदिने उनले विश्वास व्यक्त गरे । २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा आफूले थोरै मतले मात्रै पराजित भएको स्मरण गर्दै उम्मेद्वार तामाङले यो पटक एमालेका उम्मेद्वारको भन्दा दोब्बर मतले आफूले जित हाँसिल गर्ने तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले  रामेछापमा रहेको प्राकृतिक स्रोतको समुचित प्रयोग गरेर जनताको चहाना र अपेक्षालाई पुरा गर्दै समृद्ध रामेछाप बनाउने संकल्प सहित आफू उम्मेद्वार भएको बताए । २०६४ को संविधान सभा सदस्य हुँदा देखि अहिले सम्म आफू कुनै पनि विवादमा नमुछिएको र सधैं जनताको पक्षमा लागीरहेकाले पनि आफ्नो जित निश्चत रहेको उनले दावी गरे । त्यस्तै रामेछाप प्रदेश सभा (ख) का उम्मेद्वार युवराज चौलागाईंले भौतिक विकासको मात्रै नभइ मानविय विकास र जनताको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । रामेछाप प्रदेश सभा (ख) मा माओवादी केन्द्रको राम्रो उपस्थिति रहेको र गठबन्धनमा रहेका अन्य दलहरुको पनि राम्रो मत भएकाले आफ्नो जित निश्चित रहेको उम्मेद्वार चौलागाईंले दावी गरे ।

काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराउने तामाङ २०७४ को निर्वाचनमा पनि काँग्रेसको तर्फबाट उम्मेद्वार थिए । राजनीतिसँगै सामाजिक विकासमा सक्रिय तामाङले २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारसँग थोरै मतले पराजित भएका थिए । त्यस्तै रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ संविधान सभा सदस्य हुन् भने अहिले उनि नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला समन्वय कमिटीको सचिव छन् । त्यसैगरी चौलागाईं नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् । चौलागाईं पहिलो पटक निर्वाचनमा होमिएका उम्मेद्वार हुन् ।

नेकपा एमालेबाट यस अघि दिउँसो नै प्रतिनिधि सभा सदस्यको लागि कैलाश प्रसाद ढुंगेलले उम्मेद्वारी दर्ता गराइसकेका छन् भने रामेछाप प्रदेश सभा (क) को लागि शान्ति प्रसाद पौडेल र रामेछाप प्रदेश सभा (ख) को लागि मिलन कुमार घिसिङले उम्मेद्वारी दर्ता गराइसकेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper