Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापमा एमालेले दर्ता गरायो उम्मेद्वारी, काँग्रेस–माओवादी गठबन्धनको ४ बजे पछि मात्रै

संवादाताः हाम्रो प्रहार
अशोज २३, २०७९

रामेछाप– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रामेछापबाट एमालेले उम्मेद्वारी दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा आइतबार दिउँसो एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि कैलाश प्रसाद ढुंगेलले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप प्रदेश सभा (क) को लागि शान्ति प्रसाद पौडेल र रामेछाप प्रदेश सभा (ख) को लागि मिलन कुमार घिसिङले उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता गराउँदै प्रतिनिधि सभाका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलले आफ्नो उम्मेद्वारी रामेछापको विकासको लागि भएकाले आफ्नो जित निश्चित रहेको बताए ।

रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार शान्ति प्रसाद पौडेलले संघीयताको सुन्दर पक्षका रुपमा रहेको प्रदेश सरकारका अधिकारहरुलाई स्थापित गराउन र रामेछाप प्रदेश सभा (क) को समग्र विकासको लागि आफ्नो उम्मेद्वारी रहेको दावी गरे । त्यस्तै रामेछाप प्रदेश सभा (ख) का उम्मेद्वार मिलन कुमार घिसिङले सामाजिक रुपले पछाडि पारिएका समुदायको अधिकार स्थापित गराउँदै रामेछाप प्रदेश सभा (ख) को विकासको लागि आफूले उम्मेद्वारी दिएको बताए ।

एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराउने ढुंगेल यस अघि बागमती प्रदेश सभाका लागि रामेछाप प्रदेश सभा (ख) बाट एमाले र माओवादीको गठबन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार शान्ति प्रसाद पौडेल पनि एमाले र माओवादीको गठबन्धनबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । रामेछाप प्रदेश सभा (ख) का उम्मेद्वार मिलन कुमार घिसिङ भने राजनीतिमा नयाँ अनुहार हुन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि टिकट पाएका नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) तथा दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट टिकट पाएका तारानारयण श्रेष्ठ र युवराज चौलगाईंले भने अपरान्ह ४ बजे पछि मात्रै उम्मेद्वारी दर्ता गराउने गरी तयारी भइरहेको नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले बताए ।

अन्य साना दलले भने उम्मेद्वारी दर्ता गराइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper