Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’

संवादाताः कैलाश खत्री
अशोज १३, २०७९

रामेछाप– मन्थली नगरपालिकाले ३२ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको पुर्व सन्ध्यामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा बुढ्यौली अवस्थामा लाग्ने रोगहरु र रोग व्यवस्थापन सम्बन्धी परामर्श कार्यक्रमको आयोजना गरेको छ । असोज १५ गते ३२ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भएको र उक्त दिवसको पुर्व सन्ध्यामा विहिबार मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कार्यक्रमको आयोजना गरेर त्यहाँ रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा बुढ्यौली अवस्थामा लाग्ने रोगहरुको व्यवस्थापन सम्बन्धी परामर्श कार्यक्रमको आयोजना गरिएको हो ।

वडा कार्यालयको समन्वय तथा नगरपालिकाको आयोजनामा भएको स्वास्थ्य परीक्षणमा १ सय ५४ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ भने कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकहरुलाई बुढ्यौली अवस्थामा लाग्ने रोग र त्यस्ता रोग व्यवस्थापनको बारेमा परामर्श गरिएको स्वास्थ्य परीक्षण टोलीका डा. केशव सिंह धामीले जानकारी । स्वास्थ्य परीक्षणमा सहभागि भएका अधिकासं जेष्ठ नागरिकहरुमा घुँडा दुख्ने , दम,  ग्यास्ट्रिक लगायतका समस्याहरु देखिएको डा. धामीले बताए । डा. धामीका अनुसार स्वास्थ्य परीक्षण गर्दा विभिन्न रोग देखिएका जेष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क उपलब्ध गराएको औषधि वितरण गरिएको र बाँकी अन्य समस्या भएका विरामीहरुलाई उपचारको लागि मन्थली अस्पातलमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । डा. धामी मन्थली अस्पतालमा कार्यरत छन् ।

जेष्ठ नागरिक समाजका सम्पत्ति हुन्– नगर प्रमुख श्रेष्ठ

मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिक हाम्रो समाजका महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जेष्ठ नागरिकहरु हाम्रो समाजको ऐतिहासिक र महत्वपूर्ण सम्पत्ति भएको बताएका हुन् । राज्यले ७० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गरेर उहाँहरको समस्या समधान गर्ने काम गरीरहेको धारणा राखे । उनले नगर भित्रका ६८ देखि ७० वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुले स्वास्थ्य बीमा नगरेको भए नगरले ५० प्रतिशत रकम तिरेर बीमा गरिदिने कार्यक्रम ल्याएको हुँदा बीमा नगरेका नागरिकलाई वडा वा नगरमा सम्पर्क गर्न समेत अनुरोध गरे । उनले जेष्ठ नागरिकहरुको सम्मान तथा उनिहरुको विभिन्न समस्या समधान गर्न नगरपालिकाले जेष्ठ नागरिक क्लब गठन गर्ने नीति बनाएकाले चाँडै क्लब गठन गरेर काम थालिने बताए । जेष्ठ नागरिकका समस्या हामी सबैका साझा समस्या भएकाले त्यस्ता समस्या भएका जेष्ठ नागरिकहरुलाई सबैले सहयोग गर्नु पर्ने मानव समुदायको दायित्व रहेको पनि नगर प्रमुखले बताए ।

कार्यक्रममा मन्थली नगरपालिका उप–प्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला जेष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठ र सामाजिक अभियान्ता यम बहादुर थापाले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा मन्थली नगरपालिका योजना शाखाका प्रमुख उज्वल पोखरेल, मन्थली नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण गोपाल थापा, मन्थली नगर युवा समितिका अध्यक्ष पुष्कर भट्टराई र मन्थली नगरपालिका महिला बालबालिका तथा सामाजिक परिचालन उपशाखाका प्रतिनिधि भगवती तामाङ लगाएको सहभागीता रहेको थियो ।

कार्यक्रम मन्थली नगरपालिका वडा नं ३ को वडा कार्यालय कठजोरमा भएको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper