Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’

संवादाताः रामचन्द्र वि.क.
अशोज १२, २०७९

रामेछाप– रामेछाप नगरपालिका वडा नं ६ ओेख्रेनीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले आफ्नो घर तथा टोल–टोलमै भत्ता पाएका छन् । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिनेहरुको समयको बचत, खर्चमा कटौती र बैंकमा धाउनु पर्ने बाध्यताबाट मुक्त गराउनको लागि लाभग्राहीको घरमै भत्ता पुर्‍याउने अभियान चलाएपछि उनिहरुले आफ्नै घर तथा टोलमै भत्ता पाएका हुन् ।

वडाका ४ सय ८२ जना लाभग्राहीहरुलाई दशैँ अघि नै भत्ता उपलब्ध गराउने गरी चलाइएको अभियान मंगलबार देखि सुरु गरिएको र पहिलो दिन साविकको वडा नं १, २, ८ र ९ का लाभग्राहीलाई भत्ता वितरण गरिसकिएको रामेछाप नगरपालिका वडा नं ६ का वडाध्यक्ष राजेश तामाङले बताए ।

वडाध्यक्ष तामाङले अभियानको सुरु भइसकेको बताउँदै भने–‘अहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम बैंकिङ्ग प्रणाली मार्फत भइरहेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूह भित्र रहेका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरुलाई बैंकमा पुगेर भत्ता लिन निकै गाह्रो भइरहेको थियो । हामीले उहाँहरुको समस्यालाई समधान गर्नको लागि उहाँहरुको घरमै भत्ता पुर्‍याउने अभियान चलायौँ । त्यसको लागि नगरपालिका, भत्ता वितरण गर्ने बैंक र हामी वडाका जनप्रतिनिधिको सहकार्यमा स्थानीय सहकारी मार्फत घर–घर र टोल–टोलमा भत्ता वितरण गर्ने काम सुरु गरेका छौँ । हाम्रो यो अभियानले भत्ता लिनको लागि रामेछाप बजारमा रहेको बैंक सम्म जानु पर्ने बाध्यताबाट यहाँका नागरिकहरु मुक्ता भएका छन् । गाउँमै भत्ता वितरण गर्दा उहाँलाई बैंकमा पुग्नु पर्ने बाध्यता हटेको छ भने समयको बचत र खर्चको समेत बचत भएको छ ।’

यो पटक दशैँ नजिकिएकाले सबैको घर–घरमा भत्ता पुर्‍याउने समय नभएको हुँदा पायक पर्ने टोल–टोलबाट वितरण भइरहेको र अर्को पटक देखि सकेसम्म घर–घरमै पुर्‍याउने योजना रहेको वडाध्यक्ष तामाङले बताए । राष्ट्रिय वाणिज्य बैंक रामेछाप, रामेछाप नगरपालिका र वडाको समन्वयमा ओख्रेनीको नमुना बचत तथा ऋण सहकारी संस्था मार्फत भत्ता वितरणको काम गरिएको वडाध्यक्षले बताए ।

बैंकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुँदा आफूहरुलाई काम गर्न धेरै सजिलो हुने भएपनि भत्ता लिने लक्षित समूहका व्यक्तिहरुले धेरै दुःख भोग्नु परेको बताउँदै अहिले गाउँमै भत्ता वितरण गर्दा लक्षित समूहका व्यक्तिहरुले भोग्दै आएको दुःख कम भएको वडा सचिव दिलिप कुमार बराइलीले बताए ।

वडा सचिव बराइलीका अनुसार रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा २ सय ९० जना जेष्ठ नागरिक, ९ जना दलित जेष्ठ नागरिक, २७ जना जेष्ठ नागरिक एकल महिला, ४७ जना विधुवा आर्थिक सायहता महिला, २० जना पुर्ण अपाङ्गता भएका व्यक्ति, ८ जना आंसिक अपाङ्गता भएका व्यक्ति, २८ जना दलित बालबालिका र ५३ जना हायु जाती रहेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको लागि ४ सय ८२ जनाको लागि ४९ लाख २९ हजार ५ सय ४६ रुपैयाँ रकम वितरण गरिने वडा सचिवले बताए ।

‘वडाध्यक्षले घरमै भत्ता ल्याइदिएपछि बैंक पनि जानु परेन खर्च पनि जोगियो’– स्थानीय

घरछेउमै भत्ता पाएपछि ८० वर्षीय नारायाण प्रसाद घिमिरेले खुसी हुँदै भने– ‘भत्ता लिन गाडि चढेर रामेछाप बजार पुग्नु पथ्र्यो । अहिले घरछेउमै भत्ता पाइयो । म विरामी मान्छेलाई गाडि चढ्नै गाह्रो हुन्थ्यो । खर्च पनि हुन्थ्यो । घरमै भत्ता पाउँदा पैसा पनि सबै बाँच्ने भयो । बैंक सम्म जाने दुःखबाट पनि मुक्त भएँ । म धेरै खुसी भएको छ । यसो गर्ने वडाध्यक्षलाई कहिले बिर्सन सक्छु ?’

तीन महिनाको १२ हजार भत्ता बुझेका ८० वर्षीय घिमिरेले आफूलाई अन्य शारीरिक समस्या पनि भएकाले नगरपालिकाले अन्य आर्थिक सहयता पनि गरिदिए उपचारमा सहयोग अपेक्षा राखेका छन् ।

यस अघि सामाजिक सुरक्षा भत्ता लिनको लागि ओख्रेनीका लक्षित समूहका नागरिकहरु बैंकमा नै जानु पर्दथ्यो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper