Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप– ८ मा ‘एक घर– एक स्वास्थय बीमा’ कार्यक्रमः बीमा शुल्क वडाले नै तिरिदिने

संवादाताः हाम्रो प्रहार
अशोज ४, २०७९

रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रमको सुरुवात गरेको छ । वडाका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले वडाले नै वडाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने गरी सोमबार ‘एक घर–एक स्वास्थ्य बीमा’ कार्यक्रम सुरुवात गरेको हो । ८ औँ संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख लवश्री न्यौपाने र उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप–८ को सल्लेका स्थानीयलाई बीमा परिचय पत्र दिएर उक्त कार्यक्रमको सुरुवात गरेका हुन् ।

पहिलो पटक वडा कार्यालयले वडाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने र अर्को बर्ष देखि वडावासी आफैले नविकरण गर्नको लागि आवश्यक पर्ने रकम समेत बचत गर्न सक्ने गरी खुत्रुर्के पनि उपहार दिइएको छ । ८ वर्ष अघिबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको भएपनि आझै वडाका अधिकासं नागरिकहरुले रकम अभाव र जनचेतना कमीका कारण स्वास्थ्य बीमा नगराउँदा स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परेकाले वडाले नै सबै नागरिकको पहिलो पटक बीमा गरिदिने अभियान चलाइएको वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङले बताए । वडाका ९ सय ३४ घरपरिवारलाई नै स्वास्थ्य बीमामा आवद्ध गराउने गरी चालु आर्थिक वर्षको लागि ७ लाख रकम विनियोजन गरिएको र त्यही रकमबाट कार्यक्रमको सुरुवात गरिएको वडाध्यक्ष तामाङले बताए । वडाले सबै नागरिकको स्वास्थ्य बीमा गरिदिएपछि वडाका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा आउने भएकाले वडाध्यक्ष तामाङले वडावासीलाई स्वास्थ्य बीमाबाटै आफ्नो स्वास्थ्य परिक्षाण गराएर उपचार गराउन अनुरोध गरेका छन् । नवीकरणको लागि एक परिवारलाई न्युनतम ३ हजार पाँच सय रकम लाग्ने र एक परिवारले कम्तिमा दैनिक दश रुपैयाँका दरले खुत्रुर्केमा बचत गरे नविकरण गर्न पैसा पुग्ने हुँदा सबैलाई खुत्रुर्केमा दैनिक दश रुपैया बचत गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख लवश्री न्यौपानेले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक भएकाले वडाका कुनै पनि नागरिकले आकास्मिक स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भनेर केही वडाबाट सुरु गरिएको कार्यक्रमलाई आगामी वर्षहरुमा नगरले सबै वडामा विस्तार गर्दै लैजाने बताए । नगर प्रमुख न्यौपानेले नगरको विकास र नागरिको हितका लागि आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक, भौतिक संरचना निर्माण, सामाजिक विकास लगायतका क्षेत्रमा नागरिकका आवश्यकतालाई पहिचन गर्दै काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै उपप्रमुख बाल कुमारी कार्कीले वडाले पैसा तिरेर गरिदिएको स्वास्थ्य बीमाबाट पाँच जनाको एउटा परिवारले जिल्ला देखि काठमाण्डौका विभिन्न अस्पतालहरुमा समेत एक लाख सम्मको स्वास्थ्य उपचार पाउने भएकाले अब बीमा गरेका नागरिकहरुले आफ्नो स्वास्थ्य प्रति संवेदनशिल हुँदै उपचार गराएर स्वस्थ नागरिक बन्ने अभियानमा सबै नागरिक लाग्नु पर्ने धारणा राखिन् । स्वास्थ्य बीमाका धेरै फाइदा भएकाले उपप्रमुख कार्कीले नगरका सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध भएर आफ्नो स्वास्थ्यको लागि हुने फाइदा लिन समेत अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले जनताको सबै भन्दा ठूलो सम्पत्ती स्वास्थ्य भएको र रामेछाप नगरका जनप्रतिनिधिहरु अहिले जनताको सबै भन्दा ठूलो सम्पत्तीको संरक्षणमा लागेको बताउँदै वडाले आफ्नो वडावासीको स्वास्थ्य बीमा गरिदिनु धेरै राम्रो काम भएको बताए । उपसभापति कार्कीले ८ वर्ष अघि नेपाली काँग्रेकै तर्फबाट स्वास्थ्य मन्त्री भएका गगन थापाले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले वडाका सबै नागरिकको स्वास्थ्य बीमा गरेर सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउने गरी लागेको हुँदा नागरिकको स्वास्थ्य प्रति नेपाली काँग्रेस अत्यान्तै संवेदनशिल छ भन्ने यहि कामले पुष्टि गर्ने धारणा राखे ।

रामेछाप नगर विकासका धेरै काम सुरुवात भएको भएपनि त्यसलाई पुरा गर्न समय लाग्ने भएकाले नगर विकासका लागि सुरु भएका कामलाई पुरा गर्न नेपाली काँग्रेस सधैँ लाग्ने प्रतिवद्धता जनाउँदै सुरु भएका कामलाई पुरा गर्न नगरवासीले पनि साथ दिनु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले रामेछाप नगरपालिकाका जनप्रतिनिधिले नगरवासी वाड वडावासीका नागरिकको बीमा वडाले गरिदिने गरी लाग्नु रामेछाप नगरका जनप्रतिनिधिहरु जनताको स्वास्थ्य प्रति अति संवेदनशिल रहेको भन्ने पुष्टि भएको बताए ।

वडाध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लेका झण्डै २० घरपरिवरको बीमा गर्दै आगामी वर्षको बीमा गर्ने रकम जम्मा गर्ने खुत्रुर्के पनि वितरण गरिएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper