Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप–७ मा ‘एक घर– एक परिवार स्वास्थ्य विमा’ सुरु, वडाले नै गरिदिने भयो सबैको विमा

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७९ आश्विन २

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने अभियान सुरु गरेको छ । वडाका सबै नागरिकलाई सहज रुपमा स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित आइतबारबाट वडाले नै स्वास्थ्य विमा गर्न थालेको हो ।

‘स्वस्थ सुकाजोर, स्वस्थ नागरिक’ बनाउने अभियानलाई पहिलो प्राथमिकतामा राखेर आइतबार देखि ‘एक घर–एक परिवार विमा’ कार्यक्रम सुरुवात गरिएको वडाध्यक्ष समिर कार्कीले बताए । वडाध्यक्ष कार्कीले ‘एक घर–एक परिवार स्वास्थ्य विमा’ कार्यक्रमको बारेमा बताउँदै भने– ‘राज्यले धेरै अगाडि देखि सबै नागरिकलाई सहज स्वास्थ्य सेवा दिलाउने उद्देश्यले स्वास्थ्य विमा ल्यायो । तर, अधिकासं नागरिकहरु विमा गर्न नसकेर स्वास्थ्य विमाबाट मात्रै बञ्चित भएनन् उपचारबाट पनि बञ्चित भएका छन् । म अघिल्लो कार्यकालमा वडाध्यक्ष हुँदा देखि नै वडाका सबै नागरिकलाई कसरी स्वास्थ्य विमाको पहुँचमा ल्याउन सकिन्छ भनेर धेरै अध्ययन गरे । त्यतिबेला केही गर्न सकिएन । म पुनः अर्को पाँच वर्षका लागि निर्वाचित भएर आएपछि फेरि त्यही कुराले मलाई झस्काइ रहयो र वडा कै बजेटबाट सबै नागरिकको स्वास्थ्य विमा गर्ने योजना अगाडि सा¥यौँ । आजबाट सुरु पनि गरेका छौँ । मलाई विश्वस छ यो सफल हुने छ ।’

वडामा ९ सय २७ घरपरिवार रहेको र सबैको स्वास्थ्य विमा गर्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताए । अहिले सम्म विमा नगरेकाहरुको नयाँ विमा गरिदिने र यस अघि नै विमा गरेका तर नविकरण नगरेकाहरुको पनि वडा कार्यालयले नै नविकरण गरिदिने वडाध्यक्ष कार्कीले बताए । स्वास्थ्य विमाको कार्यक्रमलाई निरन्तर गर्ने पनि वडाध्यक्ष कार्कीले बताए ।

‘वडाले नै पैसा तिरेर विमा गरिदिदाँ हामीलाई त्यो भन्दा अरु खुसी के हुन्छ र ?– स्थानीय

वडा कार्यालयले नै पैसा तिरेर आफ्नो परिवारको बिमा गरिदिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ देविथानका ५५ वर्षीय वीर बहादुर तामाङले खुसी व्यक्त गर्दै भने– ‘हाम्रै लागि भनेर चुनाव जितेका गाउँका जनप्रतिनिधि आफ्नै घरमा आएर वडाकै पैसाले विमा गरिदिदाँ हामी जस्ता नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार जिम्मेवार रहेको हामीले महसुस गरेका छौँ । स्वास्थ्य विमा गर्न सुरुमा ३५ सय पैसा तिर्नु पर्ने हुँदा अधिकासं नागरिक स्वास्थ्य विमाबाट बञ्चित हुनु परेको थियो, अब कोही पनि त्यो सुविधाबाट बञ्चित हुनु पर्ने छैन् । यसले सुकाजोरका हामी नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउनेमा हामी विश्वास्ता छौँ । हाम्रो स्वास्थ्य प्रति संवेदनशिल भएर वडाले स्वास्थ्य विमा गरिदिएकोमा म र मेरो परिवारको तर्फबाट जनप्रतिनिधिलाई धन्यबाद दिन्छु ।’

वडाको ‘एक घर–एक परिवार विमा’ कार्यक्रमले सुकाजोरका ७० प्रतिशत भन्दा बढी नागरिकलाई रहत पुगेको तामाङले बताए ।

स्वास्थ्य विमा गर्न वडाका जनप्रतिनिधि, वडाका कर्मचारी, नगरपालिकामा रहेका स्वास्थ्य विमा बोर्डको दर्ता सहयोगी लगायतको टोली टोलटोलमा गएर विमा गर्ने छ ।

सय अघि पाँच वर्षको कार्यकाल पुरा गरीसकेको वडाध्यक्षले गाउँ–गाउँमा घुम्ती सरकारी शिविर, घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण, खानेपानीको सहज उपलब्धता लगायतका कामहरु सफल रुपमा गरेका थिए । विगतमा सफल भएका र नागरिकले जनप्रतिनिधिबाट अपेक्षा गरेका कामलाई यो पटक पनि निरन्तरता दिने वडाध्यक्ष कार्कीले बताए ।

Related Posts

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम
समाचार

छिमेक लघुवित्त वित्तीय संस्थाका ४० जना सदस्यलाई व्यवसायिक बाख्रा पालन तालिम

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे
समाचार

सँधैका लागि अस्ताइन् पूर्व मन्त्री पाण्डे

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था
विचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper