Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप–७ मा ‘एक घर– एक परिवार स्वास्थ्य विमा’ सुरु, वडाले नै गरिदिने भयो सबैको विमा

संवादाताः रामचन्द्र वि.क.
अशोज २, २०७९

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने अभियान सुरु गरेको छ । वडाका सबै नागरिकलाई सहज रुपमा स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित आइतबारबाट वडाले नै स्वास्थ्य विमा गर्न थालेको हो ।

‘स्वस्थ सुकाजोर, स्वस्थ नागरिक’ बनाउने अभियानलाई पहिलो प्राथमिकतामा राखेर आइतबार देखि ‘एक घर–एक परिवार विमा’ कार्यक्रम सुरुवात गरिएको वडाध्यक्ष समिर कार्कीले बताए । वडाध्यक्ष कार्कीले ‘एक घर–एक परिवार स्वास्थ्य विमा’ कार्यक्रमको बारेमा बताउँदै भने– ‘राज्यले धेरै अगाडि देखि सबै नागरिकलाई सहज स्वास्थ्य सेवा दिलाउने उद्देश्यले स्वास्थ्य विमा ल्यायो । तर, अधिकासं नागरिकहरु विमा गर्न नसकेर स्वास्थ्य विमाबाट मात्रै बञ्चित भएनन् उपचारबाट पनि बञ्चित भएका छन् । म अघिल्लो कार्यकालमा वडाध्यक्ष हुँदा देखि नै वडाका सबै नागरिकलाई कसरी स्वास्थ्य विमाको पहुँचमा ल्याउन सकिन्छ भनेर धेरै अध्ययन गरे । त्यतिबेला केही गर्न सकिएन । म पुनः अर्को पाँच वर्षका लागि निर्वाचित भएर आएपछि फेरि त्यही कुराले मलाई झस्काइ रहयो र वडा कै बजेटबाट सबै नागरिकको स्वास्थ्य विमा गर्ने योजना अगाडि सा¥यौँ । आजबाट सुरु पनि गरेका छौँ । मलाई विश्वस छ यो सफल हुने छ ।’

वडामा ९ सय २७ घरपरिवार रहेको र सबैको स्वास्थ्य विमा गर्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताए । अहिले सम्म विमा नगरेकाहरुको नयाँ विमा गरिदिने र यस अघि नै विमा गरेका तर नविकरण नगरेकाहरुको पनि वडा कार्यालयले नै नविकरण गरिदिने वडाध्यक्ष कार्कीले बताए । स्वास्थ्य विमाको कार्यक्रमलाई निरन्तर गर्ने पनि वडाध्यक्ष कार्कीले बताए ।

‘वडाले नै पैसा तिरेर विमा गरिदिदाँ हामीलाई त्यो भन्दा अरु खुसी के हुन्छ र ?– स्थानीय

वडा कार्यालयले नै पैसा तिरेर आफ्नो परिवारको बिमा गरिदिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ देविथानका ५५ वर्षीय वीर बहादुर तामाङले खुसी व्यक्त गर्दै भने– ‘हाम्रै लागि भनेर चुनाव जितेका गाउँका जनप्रतिनिधि आफ्नै घरमा आएर वडाकै पैसाले विमा गरिदिदाँ हामी जस्ता नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार जिम्मेवार रहेको हामीले महसुस गरेका छौँ । स्वास्थ्य विमा गर्न सुरुमा ३५ सय पैसा तिर्नु पर्ने हुँदा अधिकासं नागरिक स्वास्थ्य विमाबाट बञ्चित हुनु परेको थियो, अब कोही पनि त्यो सुविधाबाट बञ्चित हुनु पर्ने छैन् । यसले सुकाजोरका हामी नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउनेमा हामी विश्वास्ता छौँ । हाम्रो स्वास्थ्य प्रति संवेदनशिल भएर वडाले स्वास्थ्य विमा गरिदिएकोमा म र मेरो परिवारको तर्फबाट जनप्रतिनिधिलाई धन्यबाद दिन्छु ।’

वडाको ‘एक घर–एक परिवार विमा’ कार्यक्रमले सुकाजोरका ७० प्रतिशत भन्दा बढी नागरिकलाई रहत पुगेको तामाङले बताए ।

स्वास्थ्य विमा गर्न वडाका जनप्रतिनिधि, वडाका कर्मचारी, नगरपालिकामा रहेका स्वास्थ्य विमा बोर्डको दर्ता सहयोगी लगायतको टोली टोलटोलमा गएर विमा गर्ने छ ।

सय अघि पाँच वर्षको कार्यकाल पुरा गरीसकेको वडाध्यक्षले गाउँ–गाउँमा घुम्ती सरकारी शिविर, घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण, खानेपानीको सहज उपलब्धता लगायतका कामहरु सफल रुपमा गरेका थिए । विगतमा सफल भएका र नागरिकले जनप्रतिनिधिबाट अपेक्षा गरेका कामलाई यो पटक पनि निरन्तरता दिने वडाध्यक्ष कार्कीले बताए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper