Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रिति गाउँपञ्चायतबाट जागिर सुरु गरेका थापा ३४ वर्ष पछि गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृत

संवादाताः रामचन्द्र वि.क.
साउन २४, २०७९

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख थिए ।

प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), उपाध्यक्ष उषदेवी कार्की लगायतले सफलताको शुभकामना दिँदै सिंगो गाउँकार्यपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सुझाब दिए । प्रमुख प्रशासकीय अधिकृत थापाले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर आफूसँग भएको अनुभवलाई प्रयोग गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तो छ थापाको ३४ वर्ष जागिरे जीवन

संयोग नै भन्नु पर्छ ३४ वर्ष अघि तत्कालिन रामेछापको प्रिति गाउँ पंचायतको सचिवबाट सरकारी सेवामा प्रवेश गरेका थापा संघीयता स्थापना संगै स्थापना भएको रामेछापकै गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने मौका पाएका छन् ।

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापा विभिन्न पदमा रहेर काम गर्दा गर्दै  २०६८ जेष्ठमा शाखा अधिकृतक भए । २०६८ चैत्रबाट जिल्ला विकास समिति सर्लाहीमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत भएर स्थानीय निकायमा प्रबेश गरेका थापासँग स्थानीय निकाय तथा स्थानीय तह भएपछि नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको लामो अनुभव रहेको छ ।

मुलुक संघीयतामा जानु भन्दा पहिला र संघीयतामा गइसके पछि २०७१ देखि २०७६ सम्ममा सर्लाही जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरीसकेका छन् । कर्मचारी समायोजन पश्चात् सर्लाहीको बरहथवा नगरपालिका र रामेछापको रामेछाप नगरपालिकामा योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा काम गरेका थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०४/१८ को निर्णय अनुसार रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न तोकिएपछि २०७९/०४/२३ देखि हाजिर भई काम गर्न थालेका छन् ।

रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख भएर काम गर्दा रामेछाप नगरपालिका बागमती प्रदेशकै सबैभन्दा कम बेरुजु हुने पालिकामा प्रथम भएको थियो भने स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पनि रामेछाप नगरपालिका बागमती प्रदेशकै पहिलो स्थानीय तह भएको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper