काठमाण्डौँ– मन्थली नगरपालिका वडा नं. २ घर भइ हाल विभिन्न पेशामा आवद्ध रहि काठमाडौंमा बसोबास गर्ने काँग्रेसमा आस्था राख्नेहरुको सम्बन्धलाई नजिक बनाउनको लागि रामकुमार बस्नेतको अध्यक्षता २३ सदस्यीय नेपाली काँग्रेस मन्थली नगरपालिका–२ काठमाडौ सम्पर्क समिति गठन भएको छ ।
सम्पर्क समितिको उपाध्यक्षमा दुर्गा भुजेल र सन्तोष श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा अनिल दाहाल र कुमार श्रेष्ठ, सहसचिवमा रुपक कार्की र शुसिला अधिकारी चयन भएका छन् भने कोषाध्यक्षमा रमा श्रेष्ठ चुनिएकी छिन् ।
सम्पर्क समितिको सदस्यहरुमा क्रमशः युबराज थापा, जीवन कार्की, सन्तोष नेपाली, गुन्ज बहादुर श्रेष्ठ, तुलसी श्रेष्ठ, रामशरण कार्की, मनोज श्रेष्ठ, दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, कल्याण बस्नेत, सीता श्रेष्ठ, मनोज बस्नेत, सविन श्रेष्ठ, रोशन अधिकारी र कृष्ण भुजेल रहेका छन् ।
नेपाली काँग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गंगा अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मन्थली नगरपालिकाका नगर सभापति शंकर अधिकारी, काँग्रेस नेताहरु प्रदिप बस्नेत, केदार बस्नेत, ज्ञानु श्रेष्ठ, नेविसंघ नेता उत्तमकुमार कार्की लगाएतले नवगठित सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदैँ सम्पर्क समितिको महत्त्व र आवश्यकताको बारेमा प्रष्ट पारेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्