Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीमा जनप्रतिनिधि फेरिएसँगै फेरियो धोबी बजारको मुहार पनि

संवादाताः रामचन्द्र वि.क.
असार ३२, २०७९

रामेछाप– संघीय संरचना हुनु भन्दा पहिला देखि नै बजारको रुपमा बिस्तार भएको धोबीमा सडक बिस्तको काम भयो तर, त्यसलाई स्तरोन्नति र व्यवस्थापन गर्ने काम पटक्कै भएन् । जसको कारण धोबी बजारका स्थानीयलाई मात्रै हैन उक्त सडक भएर यात्रा गर्ने यात्रु र फुटपाथमा हिड्ने मानिसलाई समते हिलो र धुलोले सधै सताइ रहन्थ्यो । अब त्यस सडक खण्ड भएर यात्रा गर्ने यात्रु मात्रै हैन बजारबासी समेत हिलो र धुलोबाट मुक्त भएका छन् ।

लिखुतामाकोशी गाउँपालिकाको केन्द्र समेत रहेको धोबी बजारलाई धुलो र हिलोमुक्त बनाउने बाचा यस अघिका जनप्रतिनिधिले पनि गरेका थिए । तर, त्यही बजारको कामलाई लिएर गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरु बीच विबाद मात्रै भएन मुद्दा मामिला नै चल्यो । जसको कारण धोबीबजारको पहिचान धुलाम्मे र हिलाम्मे नै रहीरह्यो ।

अब त्यो धुलाम्मे र हिलाम्मेको पहिचान सधैँका लागि अन्त्य हुने गरी काम भइरहेको छ । विगत लामो समयदेखि हुन नसकेको काम नवनिर्वाचित जनप्रतिनिधिले एक महिनामा नै गरेका छन् । हाल बजार क्षत्रको २ सय १८ मिटर सडकमा सब बेस र बेस बिच्छ्याएर वर्षा याममा हिलाम्मे हुने सडकलाई हिलोमुक्त बनाइएको छ भने हिउँदा याममा पनि धुलो मुक्त हुने गरी काम भइरहेको छ । त्यस्तै बजारको पल्लो छेउबाट पनि करिव ८३ मिटर सडक ढलान भएको छ । जुन सडक अब सधैँका लागि हिलो र धुलो मुक्त भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा बजार क्षेत्रको सडक व्यवस्थापन गर्ने भनेर एक करोड रकम बिनियोजन भएको थियो । त्यही रकमबाट उक्त काम भएको हो । बजार क्षेत्रको सडक स्तरोन्नति तथा व्यवस्थापको लागि भनेर बष्र्यौनी पैसा छुट्याउने गरेको भएपनि विवादको कारण काम भएको थिएन् ।

जनप्रतिनिधिसँग इच्छाशक्ति हुने हो भने वर्षौ सम्म हुन नसकेको काम एकै महिनामा पनि गर्न सक्ने रहेछन भन्ने स्थानीयले महसुस गरेका छन् । केही समय अघि सुमोलाई डोरी लगाएर तान्नु पर्ने हिलाम्मे सडकमा अहिले स्थानीयले बिस्कुन सुकाउन समेत थालेका छन् । बर्षौ देखि हिलाम्मे र धुलाम्मे हुने सडक एकै महिनामा हिलो र धुलोमुक्त भएपछि अब चाहि लिखुतामाकोशी गाउँपालिकामा स्थानीय सरकार भएको महसुस हुन थालेको धोबीका स्थानीय लिला श्रेष्ठले बताए । स्थानीय ब्यापरी समेत रहेको श्रेष्ठले एक महिना अघिको हिलाम्मे सडक सम्झदै भने– ‘वारीबाट पारी जान सक्ने अबस्था थिएन् । गाडी आयो भने ढोका बन्द गरेर बस्नु पर्ने अवस्था थियो । बर्षौ देखिको एउटै समस्याबाट अब हामी मुक्त भएका छौँ । यसले धोबी बजारको पहिचान पनि फेरिएको छ । हाम्रा लागि बल्ल स्थानीय सरकार रहेछ भन्ने महसुस हुन थालेको छ । यसले यो सडक हुँदै यात्रा गर्ने यात्रु र यहाँका बजारबासीलाई धेरै सहज भएको छ । लिखुतामाकोशी गाउँपालिकामा अबको पाँच वर्ष सम्म यहि तरिकाले विकास हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

उपभोक्ता समितिमा बसेर काम गरेका स्थानीय दामोदर खड्काले केही स्वार्थी व्यक्तिहरुले काम रोक्न दिएको धम्कीका बीच पनि समय भित्रै काम सम्पन्न गर्न सफल भएको बताए । समितिको अध्यक्ष समेत रहेका खड्काका अनुसार केही व्यक्तिहरु काम रोक्न समेत लागेका थिए । तर, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सहयोगले काम गर्न सफल भएको उनको दावी छ । समिति मार्फत काम गर्दा गुणस्तरीय काम हुनुको साथै स्थानीयको समेत सहयोगले चाँडै काम सम्पन्न भएको खड्काको भनाई रहेको छ । पालिकाले छुट्याएको रकमले प्राविधिकि स्टेटमेन्ट अनुसार काम गर्दा करिव ८ लाख रकम अपुग भएको समितिका अध्यक्ष खड्काले दावी गरे ।

गाउँपालिकाकै पहिचान झल्कने सडकको स्तरोन्नतिको काम सुरु भइसकेकाले आउँदो आर्थिक वर्ष २०७९/०८० मा पिच गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । वर्षा याममा हिलो र हिउँद याममा धुलैधुलो हुने धोवी बजार क्षेत्रलाई मात्रै नभएर हल्दे–धोवी–सिरिशे सडकलाई स्तरोन्नति सहित आवश्यक ठाउँहरुमा पिच गर्ने गरी काम अगाडि बढाइएको अध्यक्ष महतको भनाई रहेको छ । पुर्वाधार सँगै नागरिकको माग अनुसार अन्य विकास हुँदै जाने अध्यक्ष महतले बताए ।

लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३ र ५ मा पर्ने धोबी बजारमा हिलो र धुलो हटेपछि स्थानीयमा खुसीका क्षणहरु देखिन थालेको वडा नं ५ का वडाध्यक्ष रोम बहादुर तामाङले बताए ।

विनियोजित बजेटबाट समितिले बजार क्षेत्रको सडकमा सब बेस र बेस बिछ्याउने, पक्की नाला बनाउने, सडक ढलान गर्ने र एक सय ओटा स्ल्याब बनाउने लगाएको काम गरेको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper