Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र सुनुवार

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०७९

रामेछाप– गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र बहादुर सुनुवार चयन भएका छन् । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । गोकुलगंगा गाउँपालिका वडा नं ६ को वडाध्यक्ष समेत रहेका सुनुवारलाई प्रवक्त तोकिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले जानकारी दिए ।

गोकुलगंगा गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको लागि प्रवक्ता चयन गरिएको अध्यक्ष खड्काले बताए ।

प्रवक्ताको जिम्मेवारी पाएका सुनुवारले गोकुलगंगावासी, संचार जगत एवं सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रवक्ताको जिम्मेवारी पाएका सुनुवार २०७४ को निर्वाचनमा वडा नं ६ फर्पुबाट वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल बिताएर पुनः २०७९ को निर्वाचनबाट पनि निर्वाचित भएका छन् ।

कार्यपालिकाको बैठकः विभिन्न निर्णय सहित १५ समिति गठन

गोकुलगंगा गाउँपालिकाले प्रवक्ता चयन सँगै अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि २०७९ असार २ गते भित्र सबै वडाले आफ्ना योजनाहरु गाउँपालिकामा पेश गर्नु पर्ने, आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि असार ३ र ४ गते सबै विषयगत समितिको बैठक बस्ने, आगमी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि असार ६ गते कार्यपालिकाको बैठक बस्ने र असार ८ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरिएको प्रवक्ता चन्द्र बहादुर सुनुवारले जानकारी दिए ।

त्यस्तै कार्यपालिकाको बैठकले स्थानीय राजश्व परामर्शा समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पुर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति, लेखा समिति, विद्यायक समिति, स्थानीय न्यायिक समिति, योजना अनुगमन तथा सुपरिवेक्षण समिति, स्थानीय दर रेट निर्धारण समिति, स्थानीय खरिद समिति र स्थानीय खरिद मूल्यांकण समिति गठन गरिएको प्रवक्ता सुनुवारले जानकारी दिए ।

यस्ता छन् गाउँपालिकाका निर्णय

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper