Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

लिखुतामाकोशी गाउँपालिकामा काँग्रेसको जित निश्चित भइसक्यो– महत

संवादाताः हाम्रो प्रहार
बैशाख २५, २०७९

लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले काँग्रेसको जित निश्चित भएको दावी गरेका छन् । लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ४ विजुलीकोटमा शनिवार आयोजित आमसभामा आफ्नो भनाई राख्दै काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका महतले वडाध्यक्ष सहित पालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको जित निश्चि रहेको दावी गरेका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै महतले भने– ‘यहाँका जनताले परिवर्तन खोजेका छन् । त्यो परिवर्तन काँग्रेस बाहेक अरुले दिन सक्दैन । एमालेले बुहमत सहित चुनाव जित्दा पाँच वर्षको अवधिमा जनतालाई दुःख दिने र राज्य सत्ताको दुरुपयोग गर्ने भन्दा केही पनि गरेन, त्यसैले पनि यहाँका जनताले फरक पार्टीबाट नयाँ नेतृत्व खोजेका छन् । त्यो नेतृत्व काँग्रेस बाहेक अरुमा छैन् । हामी प्रत्येक जनताको घर–घरमा पुगेका छौँ जनताको कुरा सुन्दा अब काँग्रेस बाहेक कसैले पनि लिखुको विकास गर्न सक्दैन भन्ने बुबा–आमाहरु हुनुहुन्छ । त्यसकारण पनि लिखुमा काँग्रेसको जित निश्चित भइसक्यो ।’

एउटा वडामा काँग्रेस र बाँकी सबै वडा, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित जितेका एमालेहरु जनताको काम भन्दा पनि आन्तरिक झगडामा ब्यस्त हुँदा लिखुमा विकास नभएको बताउँदै उम्मेद्वार महतले आफूले चुनाव जितेपछि द्वन्द्वको दलदलमा फसेको लिखुलाई शुसानयुक्त लिखु बनाउने विश्वास दिलाए ।

अहिले शिक्ष, स्वास्थ्य, रोजगारी, कृषि, भौतिक पुर्वाधार, शुसाशन लगायतको क्षेत्रमा पछि परेको लिखुतामाकोशीलाई आफूले जितेपछि पाँच वर्षमा जनताको आवश्यकतालाई पुरा गर्ने गरी उत्कृष्ट पालिका बनाएर देखाउने धारणा व्यक्त गरे ।

लिखुतामाकोशीले महत जस्तो राजनीतिक र जनताको भावना बुझ्ने नेता खोजेको भएपनि महतले त्यो अवसर नपाएको र यो पटक पाएको अवसरलाई नगुमाउने गरी आफूहरुले मत दिएर विजयी गराउने योजना रहेको लिखुका अधिकासं मतदाताहरुले बताएका छन् ।

लिखुतामाकोशीको ७ ओटै वडामाका आमसभाको कार्यक्रम सम्पन्न गरिसकिएको नेपाली काँग्रेस लिखुतामाकोशी काँग्रेसले बताएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्का उम्मेद्वार रहेका छन् । त्यस्तै एमालेबाट अध्यक्षमा कमल कुमार कडेरिया र उपाध्यक्षमा दीपा पाख्रिन उम्मेद्वार रहेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नवराज पौडेल अध्यक्ष र ध्रुव कुमार कार्की उपाध्यक्षको उम्मेद्वार रहेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper