Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

लिखुतामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको प्रतिफल लिनेछन: काँग्रेस उम्मेद्वार महत

संवादाताः हाम्रो प्रहार
बैशाख २४, २०७९

लिखुतामाकोशी- नेपाली काङ्ग्रेस पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले आफ्नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढ्ने र त्यसको प्रतिफल आगामी ५ बर्षको अवधिमा लिखुबासीले लिने बताएका छन ।

पालिकाका ७ वटा वडाहरुका विभिन्न स्थानहरुमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार महतले विगतमा लिखु तामाकोशी गाउँपालिका भित्र जेजस्ता गतिविधिहरु भए त्यसबाट आम नागरिकले भोग्नु परेका पीडामा मलम लगाउँदै समुन्‍नत र सम्मानित लिखुतामाकोशीवासी बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । उनले आफ्नो जित निश्चित भइसकेकाले आगामी बैशाख ३० गते हुने मतदानबाट बैधानिकता प्राप्त गर्ने बताएका छन ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका उम्मेद्वारहरुले पैसाको बलमा लिखुमा चुनाव जित्‍ने दम्भ देखाएको त्यस्तो दम्भले चुनाव जित्न नसकिने तर्क गर्दै अध्यक्षका उम्मेद्वार महतले आम लिखुतामाकोशी गाउँपालिकावासीहरुले आफु प्रति देखाएको सद्‍भावले आफ्नो जित सुनिश्चित रहेको गरे ।

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिमा यान्त्रिकरण सहितको आधुनिकीकरण, रोजगार, पूर्वाधार विकास, सुशासन, भष्ट्राचाररहित पालिका, लिखुका नागरिकहरुको सम्मानीत जीवनयापन, लगायतका विषयहरुमा आफ्नो नेतृत्वबाट आगामी ५ बर्षमा गर्ने कार्यको प्रतिवद्धता सहित लिखुवासीको घर आगनमा पुग्ने अभियान संचालन भइरहेको महतले बताए ।

पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबाट उमेद्ववार हुने अधिकांश व्यक्तिहरु राजनीतिक पृष्ठभूमि भन्दा पनि ठेक्‍का पट्टा गर्ने र क्षणिक स्वार्थका लागि राजनीतिक दल प्रवेश गरेर राज्य सत्ता चलाउन चुनावको बेला मात्रै गाउँ आउने गरेको प्रति दुःख व्यक्त गर्दै महतले लामो समय दखि गाउँ समाज बुझेका र राजनीतिमा रहेका व्यक्तीलाई मतदान गर्न पनि मतदातालाई आग्रह गरेका छन् ।

एक पार्टिले अर्को पार्टी तथा नेता कार्यकर्ताहरुलार्इ तुक्ष ढङ्गबाट गाली र एक अर्काको अस्तित्वलार्इ स्वीकार गर्न नसक्ने परिपार्टीको विकास हुदै गएको नेपालको राजनीतिमा महत जस्ता राजनीतिक व्यक्तिको खाँचो रहेको स्थानीयहरुले बताएका छन् । विगतका दिनहरुमा पनि लिखुमा राजनीतिक दलहरु भित्र फैलिएको आन्तरिक अन्तरविरोधको नराम्ररी शिकार बनेका लिखुवासीहरु फेरि पनि त्यस्तो नहोस भन्‍ने तर्फ आफूहरु सचेत स्थानीय मतदाताले बताउँन थालेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्का उम्मेद्वार रहेका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper