Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘तीन वर्षमै दशौं करोड अनियमितता गर्नेलाई रोज्यौँ भने उमाकुण्डको अवस्था कस्तो होला ?’

संवादाताः हाम्रो प्रहार
बैशाख २१, २०७९

देशमा संघीयता आएपछि सबै जनतालाई लागेको थियो समृद्ध गाउँ बन्छ भन्ने । समृद्ध गाउँ बनाउने सङ्कल्प सहित देशमा पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकाका जनताले समृद्धिको यात्रा सुरु भएको देख्न पाएनन् । बरु पाँच वर्षे कार्यकालमा जनताले नीतिगत अनियमितताको श्रृंखला मात्रै देख्न पाए । मैले यो माथी उल्लेख गरेका शब्दहरु सुन्दा चुनाव जितेका साथीहरुलाई र अघिल्लो निर्वाचनमा मत दिने मतदाताहरुलाई नमिठो लाग्न सक्छ । तर, यर्थाथ यहि हो कि विगतको पाँच वर्षमा विकासको बहानामा बढी अनियमितता मात्रै भयो ।

मैले फेरि नीतिगत भ्रष्टचार भन्दै गर्दा खै प्रमाण भन्ने प्रश्न उठ्न सक्छ । प्रमाणको रुपमा नेपाल सरकारकै आधिकारिक संस्था महालेखापरीक्षकको कार्यालयको तीन वर्षको वार्षिक प्रतिवेदन हेरे पुग्छ । आर्थिक वर्ष २०७४/०७५ मा तीन करोड ६३ लाख ६५ हजार, आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ७९ लाख दश हजार र आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड २० लाख ४९ हजार बेरुजु आएको छ ।

बेरुजुको अर्थ हुन्छ ‘उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।’

तीन वर्षको लेखापरीक्षणको हिसाब हेर्दा झण्डै साढे दश करोड भन्दा बढी रकमको अनियमितता भएको देखिन्छ । यो सबै कामको नेतृत्व गर्ने गाउँपालिकाको अध्यक्षा हुनुहुन्थ्यो नेकपा एमालेबाट निर्वाचित शेर बहादुर सुनुवार । अब फेरि उहाँकै नेतृत्वमा नेकपा एमालेबाट निर्वाचित पुरानै वडाध्यक्षहरु बैशाख ३० गने हुने निर्वाचनमा पनि उहाँ आफूसहित उम्मेद्वार हुनुहुन्छ । पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा झण्डै साढे दश करोड रकम अनियमितता गर्नेलाई नै नेतृत्वमा ल्यायौँ भने गाउँपालिकाको अवस्था के होल ? यो प्रश्न सबै मतदाताले आफूलाई एक पटक सोध्न जरुरी छ ।

त्यसकारण नीतिगत रुपमा करोडौ अनियमितता गर्नेलाई हैन यस पटक अनियमितताको विरुद्धमा बोल्ने काँग्रेस पार्टीबाट उम्मेद्वार रहेका हामी जस्ता युवाहरुले जित्नु आवश्यक छ । म र मेरो नेतृत्वमा भएको टिमले पालिकामा जित्यो भने उमाकुण्ड गाउँपालिकामा भएका स्रोत तथा साधनलाई नियमितता, मितव्ययिता र प्रभावकारिताका साथ आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिता बनाउँदै सुशासन कायम गर्ने प्राण गर्दछौँ । गाउँपालिकामा म र मेरो नेतृत्वमा रहेको टिम निर्वाचित भएमा बेरुजु शून्य बनाउने कामबाटै मेरो कार्यकाल सुरु गर्ने आम मतदाताहरुमा प्रतिवद्धता जनाउँछु ।

(नेपाली काँग्रेसको तर्फबाट उमाकुण्ड गाउँपालिकाको उम्मेद्वार बनेका जीत बहादुर कटुवालसँग हाम्रो प्रहार डटकमले गरेको कुराकानीमा तयार पारिएको सामग्री)

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper