Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

वडाध्यक्ष पदका कान्छा उम्मेद्वारः जसले २५ वर्ष मै जनताको सेवा गर्ने इच्छा राखेका छन्

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७९ बैशाख २०

रामेछाप- नेपालका राजनीनितक दलहरुलाई युवा पुस्तालाई राज्य संचालन गर्ने जिम्मेवारी दिदैनन् र राजनीतिक नेतृत्वमा पनि पुर्‍याउँदैनन भन्ने आरोप पटक–पटक लाग्ने गर्दछ । यस्तो आरोप अहिले मात्रै हैन दशकौँ वर्ष देखि लाग्दै आएको छ । एकै पदमा एउटै व्यक्ति पटक–पटक दोहोरिने प्रवृत्तिले पनि युवा पुस्ताको हातमा नेतृत्व आउन नसकेको गुनासो गर्ने युवा मात्रै छैनन् ६० वर्ष उमेर पार गरेका राजनीनित दलका जेष्ठ नेताहरु पनि उतिकै छन् । तर, मुलुक संघीयतामा गएपछि जनताले उपहारको रुपमा पाएको स्थानीय तहको स्थापनाले कहिल्यै नेतृत्वमा नपुगेका राजनीनित दलका त्यागी नेता र युवा पुस्तालाई पनि राजनीतिक दलहरुले बिस्तारै राज्य सत्ता संचालन गर्ने जिम्मेवारीको प्रतिस्पर्धामा ल्याउन थालेका छन् । जसको कारण युवा पुस्तामा राजनीतिक मोह देखिन थालेको छ ।

राज्य सत्ता संचालनमा युवाहरु आउन थालेको उदहारण बन्न पुगेका छन् २५ वर्ष मुनीका रामेछापका दश जना युवा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको विभिन्न स्थानीय तहमा वडाको नेतृत्व लिने गरी २५ वर्ष भन्दा कम उमेरका युवाहरु वडाध्यक्ष पदको उम्मेद्वार बन्न सफल भएका छन् । जसमा केही युवाहरुलाई राजनीतिक दलले नै आधिकारिक उम्मेद्वार बनाएका छन् भने केही युवाहरु स्वतन्त्र रुपमा उम्मेद्वार बनेका छन् ।

हाम्रो प्रहार डटकम

काँग्रेसका २५ वर्षका उम्मेद्वार ६० वर्षका उम्मेद्वारसँग प्रतिस्पर्धा गर्दैछन्

सदरमुकाम मन्थलीबाट झण्डै २६ कोष टाढा रहेको उमाकुण्ड गाउँपालिकाको वडा नं. १ गुम्देलमा २५ वर्षका युवाले अबको पाँच वर्ष त्यहाँका नागरिकलाई सेवा दिने गरी वडा प्रमुखको नेतृत्व लिने इच्छा देखाए । त्यो इच्छा पूरा गरिदियो उनि आबद्ध भएको पार्टी नेपाली काँग्रेसले । ति युवा हुन् ङापेम्बा शेर्पा । सानै उमेर देखि समाजसेवा र राजनीतिमा लागेका शेर्पाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धी नेकपा एमाले र नेकपा माओवादी पार्टीका आफू भन्दा ३५ वर्ष बढी उमेरका ६० वर्षका उम्मेद्वारसँग प्रतिस्पर्धा गर्दै छन् । वडाध्यक्ष बन्ने आफ्नो रहर भन्दा पनि गुम्देलवासीको इच्छा रहेकाले सम्पूर्ण गुम्देलवासीको इच्छालाई पूरा गर्न आफू अध्यक्षको उम्मेद्वर हुनु परेको बताउँछन् ।

वडाध्यक्षका उम्मेद्वार शेर्पा गुम्देलवासीको समस्या समधान गर्न, जिल्लाकै नमूना वडा बनाउन र पाँच वर्ष भित्र गुम्देललाई समृद्ध बनाउन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । २ हजार ८४ जना मतदाता मध्ये आफू धेरै मतादाताको रोजाइमा पर्ने बताउँदै आफ्नो जित निश्चित रहेको शेर्पाले दावी गरे । सानै उमेरमा पार्टीले आफूलाई विश्वास गरेर वडाध्यक्षको उम्मेद्वार बनाएकोमा खुसी व्यक्त गर्दै आफू सधैं पार्टीको विधान र अग्रजको सल्लहा अनुसार अगाडि बढ्ने शेर्पा बताउँछन् । वडाध्यक्षका उम्मेद्वार बनेका शेर्पा नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं. १ का वडा सभापति समेत हुन् ।

झण्डै साढे १३ सय युवा मतदाता रहेको वडामा २५ वर्षका युवा उम्मेद्वार

सदरमुकाम मन्थली सँगै सिमाना जोडिएको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङमा पनि काँग्रेसले २५ वर्षे युवालाई वडाध्यक्षको उम्मेद्वार बनाएर युवा पुस्तामा नेतृत्व ल्याउने योजना बनाएको छ । वडाध्यक्षको उम्मेद्वार बन्ने अवसर पाएका छन् २५ वर्षका विरेन्द्र बोहराले । विद्यार्थी जीवन देखि नै काँग्रेसको राजनीतिमा सक्रिय बोहराले काँग्रेसबाट टिकट पाएर गाउँका मतदाताको घरमा पुग्दा पार्टी भन्दा पनि अबको नेतृत्व युवालाई दिनु पर्छ भन्ने कुरालाई मतदाताले बुझेको बोहरा आफै बताउँछन् । पार्टीले विश्वास गरेर आफूलाई मात्रै नभएर आफू जस्ता तिल्पुङका सयौँ युवाहरुको भविष्य हेरेर टिकट दिएको महसुस आफूले गरेको बोहराले बताए । तीन हजार ३ सय ४० जना मतदाता भएको तिल्पङमा १८ देखि ३५ वर्ष पूरा भएका झण्डै साढे १३ सय युवा मतदाता रहेको र ती सबै युवा मतदाताहरुको रोजाई पनि युवा नै हुने भएकाले आफ्नो जित निश्चित रहेको बोहराले दावी गरे । आफू युवा भएपनि तिल्पुङ वासी बुबा–आमा एवं हजुरबा–हजारआमाले समेत आफूलाई रुचाएको उनको दावी छ ।

बोहराले वडाध्यक्ष बन्ने रहर आफ्नो भन्दा पनि तिल्पुङका युवा देखि बृद्धबृद्धाको रहेकाले यस पटक वडाध्यक्ष हुने सपना देखेको बताए । समृद्ध तिल्पुङ बनाउने योजना आफूसँग रहेकाले त्यो योजना पूरा गर्न जसरी पनि जित्नु पर्ने बाध्यता आफूसँग रहेको उनको तर्क छ । उनिसँग मुख्य प्रतिस्पर्धी उम्मेद्वारको रुपमा नेकपा एमालेका ४५ वर्षका इन्द्र बहादुर बुढाथोकी र नेकपा माओवादी केन्द्रका ३७ वर्षका कैलास कुमार दर्लामी रहेका छन् ।

वडाध्यक्षको उम्मेद्वार बोहरा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाको सचिव समेत हुन् ।

अरु युवा पनि वडाध्यक्षको प्रतिस्पर्धामा

रामेछापमा २०७९ बैशाख ३० गतेका हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले २५ वर्षका दुई युवालाई वडाध्यक्षको उम्मेद्वार बनाउँदा अन्य दलहरुले पनि २५ वर्ष मुनीका युवालाई वडाध्यक्षको उम्मेद्वार बनाएका छन् । जसमा खाँडादेवी गाउँपालिकाको वडा नं ७ मा नेकपा एकीकृत समाजवादीले २५ वर्षका अरुण सिंजालीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले नै मन्थली नगरपालिका वडा नं ७ मा २३ वर्षका प्रचण्ड ढुंगेललाई र सुनापति गाउँपालिका वडा नं ४ मा २५ वर्षका सुदिप राइमाझीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।

राप्रपाले दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ६ मा २५ वर्षका विजय गौतमलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले २३ वर्षका अनक आलेमगरलाई मन्थली नगरपालिका वडा नं ९ को वडाध्यक्षको उम्मेद्वार बनाएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २२ वर्षका ओसन लामालाई सुनापति गाउँपालिका वडा नं २ को वडाध्यक्षको उम्मेद्वार बनाएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ५ मा २३ वर्षका भुवन श्रेष्ठ स्वतन्त्र वडाध्यक्षको उम्मेद्वार बनेका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper