Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापको दोरम्बा शैलुङ्ग र खाँडादेवीमा काँग्रेस–माओवदी तालमेल

संवादाताः हाम्रो प्रहार
बैशाख १६, २०७९

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकामा काँग्रेस–माओवदी तालमेल भएको छ । रामेछाप प्रदेश सभा (ख) मा पर्ने दुई गाउँपालिकामा दुई पार्टी बीच अध्यक्ष र उपाध्यक्ष पदमा तालमेल गरेर जाने सहमती भएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्षको उम्मेद्वार समेत रहेका नेकपा माओवदी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले बताए ।

दोरम्बा शैलुङ्ग गाउँपालिकामा माओदी केन्द्रले अध्यक्ष र नेपाली काँग्रेसले उपाध्यक्ष पाउने गरी तालमेल गरिएको संयोजक मोक्तानले बताए । दुई पार्टी तालमेल गरेर जाने सहमती भएपछि काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका मान बहादुर लामाले आफ्नो उम्मेद्वारी फिर्ता लिएर माओवादीका उम्मेद्वार मैन कुमार मोक्तानलाई सघाउने सहमती भएको माओवादी केन्द्रले बताएको छ । त्यस्तै माओवादीबाट उपाध्यक्षको उम्मेद्वार बनेकी देउकुमारी मगरले आफ्नो उम्मेद्वारी फिर्ता लिएर काँग्रेसबाट उम्मेद्वार बनेकी खमला थापामगरलाई सघाउने गरी तालमेल भएको बताइएको छ ।

दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र केही वडामा समेत तालमेल गरिएको संयोजक मोक्तानले बताए ।

खाँडादेवीमा पनि तालमेल, काँग्रेसलाई अध्यक्ष माओवादीलाई उपाध्यक्ष

खाँडादेवी गाउँपालिकामा पनि नेपाली काँग्रेस र माओवादी केन्द्र बीच तालमेल गरेर जाने सहमती भएको छ । शुक्रबार दुई पार्टी बीच केन्द्रीय निर्देशन अनुसार तालमेल गरेर जाने सहमती भएको नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाका सभापति तेज घिसिङले बताए । सहमती अनुसार खाँडादेवी गाउँपालिकाको अध्यक्ष काँग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाउने गरी तालमेल भएको सभापति घिसिङले बताए ।

माओवादी केन्द्रले काँग्रेसका उम्मेद्वार नवराज थोकरलाई अध्यक्षमा सघाउने र काँग्रेसले माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षको उम्मेद्वार बनेका मान बहादुर लामालाई सघाउने सहमती भएको घिसिङले बताए ।

तालमेल हुने भएपछि काँग्रेसबाट खाँडादेवी गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बनेकी चण्डिका उप्रेतीलाई काँग्रेसले उम्मेद्वारी फिर्ता गर्न लगाएको छ । माओवादी केन्द्रको भने खाँडादेवीमा अध्यक्ष पदको उम्मेद्वार थिएन् । खाँडादेवी गाउँपालिकामा यस अघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच तालमेल गरेर जाने सहमती भएको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper