Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

मन्थली– १ मा काँग्रेस र माओवादी बीच तालमेल, काँग्रेसले पाउने भयो अध्यक्ष

संवादाताः हाम्रो प्रहार
बैशाख १६, २०७९

रामेछाप- मन्थली नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेललाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो ।

तालमेलको सहमती भएपछि शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठ, खुल्ला सदस्य मिन प्रसाद घिमिरे र महिला सदस्य कमला पाख्रिनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै काँग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार बनेका रत्न बहादुर श्रेष्ठ र दलित महिला सदस्यको उम्मेद्वार मिश्रा रसाइलीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने गरी सहमतीमा पाँच जना उम्मेद्वारले आफ्नो उम्मेद्वरी फिर्ता लिएपछि अब नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका होम प्रसाद पौडेल, खुल्ला सदस्यको उम्मेद्वार चन्द्र बहादुर माझी र महिला सदस्य तिज कुमारी भुजेलको मात्रै उम्मेद्वारी कायम रहेको छ । त्यस्तै माओवादीबाट खुल्ला सदस्यमा उम्मेद्वार रहेका युवराज सुवेदी र दलित महिला सदस्य मैया लक्ष्मी सार्कीको उम्मेद्वार कायमै रहेको छ । यसरी कायम रहेका पाँच जना उम्मेद्वारलाई जिताउन दुबै पार्टीले संयुक्त रुपमा मतदान गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रले बताएको छ ।

दुई पार्टीको संयुक्त समूहलाई जिताउन दुबै पार्टी लाग्ने नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष श्याम कुमार श्रेष्ठले बताए । उनका अनुसार वडामा दुई पार्टी बीच तालमेल भएपनि नगरपालिकामा भने दुबै पार्टीको छुट्टा छुट्टै उम्मेद्वार कायम रहेकाले आ–आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान हुने छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper