रामेछाप- बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनामा नेपाली काँग्रेसको तर्फबाट मन्थली नगरपालिका वडा नं. ८ का अध्यक्षका उम्मेदवार रहेका ओमप्रकाश पुरीले आफू निर्वाचित भए वडालाई नमूना वडा बनाएर देखाउने बताएका छन् ।
वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग मात्रै रहेका बताउँदै उम्मेद्वार पुरीले आफू वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, रोजगार र भौतिक संरचनाका कुरालाई प्राथमिकतामा राखे काम गर्ने बताए ।
पत्रकार मार्फत आफ्ना योजना अगाडि सार्दै वडाध्यक्षका उम्मेद्वार पुरीले सरकारी सुविधा वापत आउने रकम वडाका दलित तथा विपन्न बालबालिकाको पढाइमा सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
यस्ता छन् पुरीले वडालाई नमूना बनाउन अगाडि सारेका योजना
आफ्नो प्रतिकृया दिनुहोस्