रामेछाप- नेपाल तरुण दल रामेछापका जिल्ला उपाध्यक्ष बासुदेव फुयालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू पार्टीको तर्फबाट गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार भएको र उक्त समयमा आफूले संगठनको लागि समय दिन नसक्ने बताउँदै फुयाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको चिठीमा उल्लेख गरेका छन् ।
अध्यक्ष खड्काले फुयाललाई तरुण दल रामेछापको सांगठनिक गतिविधिलाई अगाडि बढाउन अनुरोध गर्दै चुनावको मतपरिणाम नआउँदा सम्मको लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका फुयालले संगठनको विधि र विधानमा रहेर सांगठनिक गतिविधिलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्