Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

समुनन्त लिखुतामाकोशी नै मेरो जीवनको अभीष्ट लक्ष्य हो: उम्मेद्वार महत

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ बैशाख १५

रामेछाप- नेपाली काग्रेस पार्टिबाट लिखु तामाकोशी गाउँपालिकाको उम्मेद्वार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । पालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा राजनीतिक नेतृत्वबाट ठुलो क्षति व्यहोर्नु परेकोले त्यो क्षतिको खाडललाई आफूले परिपूर्ण गरी एक समुनन्त पालिका बनाउने योजना आफूसँग मात्र रहेको बताएका छन्

विगतमा जनप्रतिनिधिहरुको आन्तरिक खिचातानीका कारण लिखुतामाकशीका नागरिकहरुका सामान्य जनजिवीकासँग जोडिएका विषयहरु समेत सम्बोधन हुन नसेको कारण पालिका समग्र रुपमा पछि परेकोले अबको नेतृत्वबाट लिखु तामाकोशीको समग्र विकासको गतिलाई अगाडि बढार्इ दिगो विकासको अवधारण अनुरुपनै पालिकको स्रोत साधनको उच्चतम प्रयोग गर्दै समुन्नत बनाउने विकास मोडल आफूसँग रहेको हुँदा त्यसको लागि निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकावासी नागरिकहरुले आफूलाई विजय गराउनेमा विश्वस्त रहेको बताउँछन ।

हाम्रो प्रहार डटकम

महतले अघि सारेको समुनन्त लिखु तामाकोशी भित्र के हुनेछ ?

विगतको 5 बर्षमा कुनैपनि दिगो विकासका ठोस कार्यहरु हुन नसकेको हुँदा नागरिकको जीवनस्तर र समग्र पालिका विकासको गतिबाट पछाडी धकेलिएको निष्कर्ष सहित महतले लिखुतामाकोशीलाई अबको पाँच वर्षमा पालिको समग्र विकासको गतिलाई अगाडि बढाउन २० बुँदे योजनाहरु अगाडि सारेका छन् ।

  • पालिकाको सबै वडाहरुका बाह्रै महिना मोटर चल्न सक्ने सडक ।
  • भौतिक संरचनाका हिसाबले कमजोर विद्यालयहरुमा भौतिक संरचानहरु र शिक्षाको गुणस्तरका लागि शिक्षक तालिम, योजना सहितको शैक्षिक शत्र संचालन, आधुनीक प्राथमिक शिक्षा साथै उच्च र प्राविधिक शिक्षा पालिका भित्रै ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र जनप्रतिनिधि सहितको संजाल ।
  • महिला बालबालिकाहरुका लागि सुरक्षित पालिका ।
  • वडास्तरमा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्ती गरी प्राथमिक स्वास्थ्य उपचार आफ्नै वडाबाट निशुल्क ।
  • पालिकाबाट संचालित सबै योजनाहरु पारदर्शियता ढंगबाट संचालन ।
  • विपद् व्यवस्थापन, राहत वितरण र अप्ठ्यारोमा जनप्रतिनिधि कार्यक्रम शिघ्रताका साथ संचालन ।
  •  वातावरण संरक्षण योजना, वडा नं. १ दुरागाउँ, वडा नं. ६ खिम्ती लगाएतका वडाहरुमा भुक्ष्य नियन्त्रण र जोखिम बस्तीको संरक्षण र वस्ती स्थानान्तरण ।
  • वडा नं. १ दुरागाउँलाई आलु पकेट क्षेत्रको रुपमा विकास ।
  • सवै वडाहरुबाट घटना दर्ता अनलाइन प्रणालीबाट संचालन र व्यवस्थापन ।
  • पालिका भवन निर्माण र प्रशासनीक क्षेत्रमा सुशासन, पार्दशियता, जवाफदेही जनप्रतिनिधी, भ्रष्ट्राचारमुक्त पालिका ।
  • प्रत्येक आ.ब.हरुको अन्त्यमा पालिकको आम्दानी तथा खर्चको सम्बन्धमा आम नागरिक, सबै राजनीतिक दल तथा सरोकारवाला व्यक्तित्वको उपस्थितिमा सार्वजनिकरण र अनुमोदन गर्ने व्यवस्था ।
  •  सबै वडाहरुमा व्यवस्थित खानेपानी, सुक्खा क्षेत्रहरुमा सिंचार्इको व्यवस्था, हरियाली पालिका ।
  • युवालाई शिपयुक्त बनाई कृषि, पशुपालन, व्यापार, व्यवसाय गर्न अनुदान र पालिकासँगको समन्वयमा बैङ्कबाट सहुलियत कर्जाको व्यवस्था ।
  • समयमा नै विउविजन, रासायनीक मलको व्यवस्था तथा कृषि विमाको व्यवस्था ।
  • पालिका भित्र उत्पादित बस्तुहरुको पालिकाको समन्वयमा बजारिकरण ।
  • सबै प्रकारका सामाजिक सुरक्षा भत्ता घरघरमा ।
  • वृद्धवृद्धाहरुको घरमा नै निःशुल्क स्वास्थ्य परीक्षण।
  • पुरातात्विक वस्तु तथा स्थान, धार्मिक स्थलहरुको संरक्षण, संवर्द्धन, जातीय पहिचानका रितिरीवाज, प्रथा, चालचलनको सम्मान र सामाजिक सहिश्रुणता र सद्‍भावनमा वृद्धि ।
  • सम्पन्‍नता सहितको सबै लिखु तामाकोशी वासीको सम्मानित जीवन ।   

उम्मेद्वार महत भन्‍छन मैले समुन्‍नत लिखु बनाउन अघि सारेका सबै योजनाहरु सबै राजनीतिक दल, विकाससम्वद्ध विज्ञ, सरोकारवाला, विचको समन्वय, सल्लाह र सुझावबाट समग्र पालिका विकासको 5 बर्षे समुनन्‍त विकास योजना तयार गरी कार्य योजना र कार्यातालिका सहित इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता आम लिखु तामाकोशी गाउँपालिकावासी नागरिकहरु माझ राखेको र आफ्नो विजय सुनिश्चित रहेको बताउँछन । काँग्रेसबाट उम्मेद्वार रहेका महतले नेकपा एमालेका कमल प्रसाद कडरिया र नेकपा एकिकृत समाजवादी तथा माओवादी केन्द्र विचको गठबन्धनका उम्मेद्वार नवराज पौडेल विच प्रतिस्पर्धा हुनेछ ।

महतको राजनीतिक यात्रा र स्वभाव

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा ने.वि. संघ पाटन संयुक्त क्याम्पसको इकाइ सचिवको हैसियतबाट सक्रिय राजनीतिमा उदायका महतसँग राजनीतिक अनुभवको यात्रा भने लामो छ । राजनीतिलाई आम नागरिकलाई सवल‚ सक्षम‚ व्यवस्थालार्इ परिस्कृत र राष्ट्रलाई समुनन्त बनाउने कडी ठान्‍ने उनी लिखु तामाकोशी गाउँपालिका भित्रका आम नागरिकहरुको जीवनस्तर परिवर्तनका लागि जीवनस्तरसँग जोडिएका विविध विषयहरुलार्इ इमानदारीताका साथ सम्वोधन गर्ने र मागमा आधारित विकास योजनाहरुलार्इ आफुले बढि प्राथमिकता दिने बताउँछन ।

शैक्षिक रुपमा समाजशास्त्रमा स्नात्तकोतर सम्मको अध्ययन गरेका महत राजनीतिक रुपमा निकै अनुभवि र एक अब्बल नेताका रुपका चिनिन्छन । सालिन‚ भद्र र मिजासिलो बानीव्यहार भएका उनी राजनीतिक रुपमा लिखु तामाकोशी गाउँपालिकाको वडा नं ४ साविक विजुलीकोट गाविसबाट राजनीतिक यात्रा सुरु गरेकाले स्थानीय स्तरका नागरिकहरुका समस्याहरुमा राम्रोसँग परिचित उनीलाई एक अशल व्यक्तित्वका रुपमा आम नागरिकहरुले लिने गरेका छन ।

महतसँग हाम्रो प्रहारडटकमले गरेको कुराकानीमा आधारित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper