Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाली काँग्रेस रामेछापको चुनाव केन्द्रित कार्यक्रमः ‘घर घर जाउँ, काँग्रेस जिताऔं’

संवादाताः हाम्रो प्रहार
चैत्र ८, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछापले ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउँदै पार्टीको तल्लो तहको संगठनलाई बढी सक्रिय बनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेस रामेछापले स्थानीय तहको चुनावलाई लक्षित गरेर पार्टीको तल्लो तहको संगठन टोल समिति मार्फत ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउने गरी ९ गतेबाट कार्यक्रमहरु सुरु गरिने बताएको हो ।

चुनावी प्रचार प्रसार मात्रै नभएर आम नागरिकका समस्या र गुनासोलाई समेत मध्यनजर गरेर गाउँ केन्द्रित गरिएको कार्यक्रममा विकास निर्माण र स्थानीय सरकारले गरेका कमीकमजोरी बारेमा जानकारी लिने, संठगन सुधारका उपायहरुका बारेमा टोल समितिबाट राय लिने लगायतका विषयमा अभियान केन्द्रित हुने जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छारम) ले बताए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन पार्टी भित्रका आन्तरिक कुरालाई बिर्सेर एक भएर चुनावी अभियानमा लाग्नु पर्ने सभापति तामाङको भनाई रहेको छ ।

अभियनका क्रममा जनताको घर–घरमा पुग्ने काँग्रेस प्रतिनिधिले नेपाली काँग्रेसले गरेका राम्रा कामको बारेमा जानकारी गराउँदै एमसीसीको बारेमा जनतामा रहेको भ्रम र यथार्थको बारेमा प्रष्ट परिने उपसभापति लेख बहादुर कार्कीले बताए । पार्टीको केन्द्रीय अभियान अन्तरगत फागुन २९ गतेबाट ‘घर घर जाउँ काँग्रेस जिताऔं’ अभियान रामेछापमा पनि सुरु भइसकेको र अभियानलाई थप प्रभावकारी बनाउने गरी चैत्र ९ गतेबाट जिल्ला कार्यसकितिका पदाधिकारीको नेतृत्वमा सबै पालिकामा कार्यक्रम गरिने उपसभापति कार्कीले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता नारायणवहादुर बोगटीले ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियान संचालनका लागि ८ स्थानीय तहमा पार्टीले संयोजक तोकेका नेताको नेतृत्वमा टोली परिचालन भइसकेको बताए ।

अभियानको लागि रामेछाप नगरपालिकामा काँग्रेस उप–सभापती लेखबहादुर कार्की, मन्थली नगरपालिकामा सचिब बिनोद कार्की, खाँडादेवी गाउँपालिकामा उप–सभापती नबराज थोकर, गोकुलगंगा गाँउपालिकामा सचिव दिपक खड्का, सुनापती गाँउपालिमा सह–सचिव धुर्व प्रसाद चौलागाई, लिखु तामाकोशी गाँउपालिकामा सह–सचिव कमल योन्जन, दोरम्बा शैलुङ्ग गाँउपालिकामा कोषाध्यक्ष लबबहादुर थापामगर र उमाकुण्ड गाउँपालिकामा प्रबक्ता नारायण बहादुर बोगटीलाई यस अघि नै संयोजक तोकीसकेको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper