Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि

संवादाताः कैलाश खत्री
फाल्गुन १९, २०७८

रामेछाप- जुनारको पहिचान बनाएको रामेछाप जिल्लामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोन कार्यक्रम संचालन गरेपछि जुनार उत्पादनमा बृद्धि भएको हो । विगत वर्षहरुमा जुनारमा किरा लाग्ने (फ्रुट फ्लाई) रोगले जुनार खेतीमा ठूलो असर गरेको थियो भने अहिले परियोजनाले जुनार जोन कार्यक्रम मार्फत रोग किरा नियन्त्रणमा सहयोग गरेपछि जुनार उत्पादनमा बृद्धि भएको रामेछाप–६ ओख्रेनीका अगुवा कृषक युगराज पाख्रिनले बताए ।

जुनार जोन कार्यक्रम लागु भएपछि ९८ प्रतिशत जुनारमा लाग्ने रोग किराहरु नियन्त्रणमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । जुनार जोन कार्यक्रम रामेछापमा आर्थिक वर्ष २०७६/७७ वर्षबाट संचालनमा रहेको छ । यो तीन वर्षको अवधिमा जुनार खेतीमा उल्लेख्य सफता हासिल गरिएको परियोजना प्रमुख गैह्रेको भनाई रहेको छ । उनका अनुसार जुनार जोन कार्यक्रम प्रभावकारी बनाउन परियोजनाले यान्त्रिकरण, बगैचा विस्तार, साना सिंचाई पोखरी निर्माण, नर्सरी घर स्थापना, जुनार फल प्याकेजिङ, बजरीकरण र रोग किरा नियन्त्रणको लागि किटनासक औषधिमा ५० प्रतिशत अनुदान दिन थालेपछि जुनार जोन सफल भएको हो ।

चालु आर्थिक वर्षमा जुनार जोन कार्यक्रमको लागि एक करोड बराबरको बजेट राखिएको बताइएको छ । जुन बजेट जुनार जोन कार्यक्रम संचालन भएको रामेछाप नगरपालिकाको वडा नं १, २, ४, ५, ६, ७, ८ र मन्थली नगरपालिकाको वडा नं ४, ६, ९, १३ र १४ मा कार्यक्रम संचालनमा रहेको छ ।

यो वर्ष रामेछाप जिल्लामा करिव १३ मेट्रिक टन भन्दा बढी जुनार उत्पादन भएको परियोजनाले बताएको छ । रामेछापको जुनारले यस वर्ष राजधानी काठमाण्डौ, बनेपा र जनकपुर जस्ता प्रमुख बजार केन्द्रहरुमा राम्रो मूल्य पाएको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper