Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आलु जोनको अनुगमन

संवादाताः कैलाश खत्री
माघ २७, २०७८

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले स्थलगत अनुगमन सम्पन्न गरेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा संचालन भएका कार्यक्रमको अनुगमन गरेको हो । परियोजना रामेछापका प्रमुख थिरलाल गैरेको नेतृत्वमा अनुगमन गरिएको हो ।

तल्लो गर्जाङ आलु किवी तथा तरकारी उत्पादन कृषक समूहका सदस्यहरुसँग अनुमगन टोली

रामेछापको गोकुलगंगा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई रामेछापले आलु जोनको कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाको वडा नं १ चुचुरेको गर्जाङ क्षेत्र र वडा नं ३ रस्नालुको माथिल्लो क्षेत्रमा आलु जोनाको कार्यक्रम संचालन गरीरहेको छ । आलु उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले विगत देखि संचालित आलु जोनलाई चालु आर्थिक वर्ष २०७८÷०७९ मा पनि संचानल गरेको र यस वर्ष परियोजनाबाट विनियोजित योजनाको कार्यन्वयनको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको छ ।

आलु जोन संचालन भएको गोकुलगंगाको वडा नं १ चुचुरेमा १ सय २० रोपनी जग्गालाई चक्लाबन्दी गरी आलु खेती गर्नको लागि परियोजना पाँच लाख रुपैयाँ र समूहले पचास प्रतिशत अर्थात पाँच लाख गरेर कुल दश लाख लगानी भएको छ । यो कार्यक्रम तल्लो गर्जाङ आलु किवी तथा तरकारी उत्पादन कृषक समूह मार्फत संचालन भएको छ । त्यस्तै सोही समूमा बारी जोत्ने दुई ओटा ट्याक्टर पनि पचास प्रतिशत अनुदानमा दिइएको परियोजनाले बताएको छ । त्यस्तै आलु खेतीलाई सिंचाई गर्न न्यू गर्जाङ भ्याली एग्रो फर्मको लागि परियोजानले ७५ प्रतिशत र फर्मले २५ प्रतिशत गरी कुल दुई लाखमा सिंचाई पोखरी निर्माण भएको छ ।

न्यू गर्जाङ भ्याली एग्रो फर्मले निर्माण गरेको सिंचाइ पोखरी

परियोजनाले गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुको उच्च क्षेत्रमा आलुको बिउ संकलन तथा उत्पादनको लागि स्रोत केन्द्र स्थापना गर्न हिमालय पोट्याटो रिसर्च एण्ड डेभल्पमेन्ट सेन्टरलाई २५ लाख रुपैयाँ अनुदान दिएको छ । हिमालय पोट्याटो रिसर्च एण्ड डेभल्पमेन्ट सेन्टरले आफ्नो १५ लाख र परियोजनाको २५ लाख गरी ४० लाखको लगानीमा स्रोत केन्द्र स्थापना गरेको छ । त्यस्तै रस्नालुको तामे बिउ आलु एण्ड जडीबुटी सप्लायर्स फर्मको लागि आलु खेतीमा सिंचाई गर्न पक्की सिंचाई पोखरी निर्माणको लागि १ लाख ५० हजार परियोजनाले अनुदान सहयोग गरेको छ भने पचास हजार फर्मले लगानी गरेको फर्म संचालक तेम्बा शेर्पाले बताए ।

हिमालय पोट्याटो रिसर्च एण्ड डेभल्पमेन्ट सेन्टरमा उत्पादित आलुको बिउ

परियोजनाले आलु जोन मार्फत आधुनिक तरिकाबाट आलु खेती गर्न सहयोग गरेपछि आलु उत्पादनमा बृद्धि भएको चुचुरेका स्थानीय कृषक शंकर बस्नेतले बताए ।

यो चालु आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिका भित्र आलु जोन संचालन गर्नको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले ७० लाख अनुदान सहयोग गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख थिरलाल गैरेले बताए ।

अनुगमनमा कार्यलय प्रमुख गैरे सहित नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, कृषि प्रावधिकहरु श्याम घिसिङ, बल बहादुर थापामगर, लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper