Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीले ग्रहण गरे पदभार

संवादाताः कुमार श्रेष्ठ
माघ १६, २०७८

रामेछाप– रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रवार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटा लगायतका पदाधिकारिले पदभार ग्रहण गरेका हुन् ।

गत पौष ११ गते भएको रामेछाप जेसीजको सातौ साधारणसभाबाट वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष रामहरी सापकोटालाई रामेछाप जेसीज वर्ष २०२१ का अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जीवन कार्कीले सपथ खुउँदै पद हस्तान्तरण गरेका छन् ।

त्यस्तै वर्ष २०२२ का अध्यक्ष सापकोटाले आफ्नो समिति अर्थात वर्ष २०२२ का लागि निर्वाचित कार्यकारिणी उपाध्यक्षमा द्वोय सन्तोष खत्री र ज्ञानु श्रेष्ठ, कानुनी सल्लाहकारमा सरस्वती राय, महासचिवमा बिमल पौडेल, कोषाध्यक्षमा प्रज्वल बुढाथोकी, सह–सचिवमा सन्तोष भट्टराइ, सह–कोषाध्यक्षमा संगीता श्रेष्ठ, उपाध्यक्षमा क्रमशः नारायण थापा, सैलजा ढुंगेल, बिपिन दाहाल, विनोद रोका, अध्यक्षको प्रमुख सहयक अधिकृतमा यादब केसि, प्रमुख आर्थिक संकलन समितीमा राम कुमार बस्नेत, मिडिया संयोजकमा कुमार श्रेष्ठ, तालिम निर्देशकमा सुमन खडका, जन सम्पर्क अधिकारीमा भरत श्रेष्ठ, थिम डिरेक्टरमा राजन कार्की, सदस्य वृद्धि समिती संयोजकमा अन्जु अधिकारी, शाखा सम्पादकमा बिस्वराज बुढाथोकी, संघ सस्था संयोजकमा अनिश खत्री र एस डि जि कोडिनेटरमा कल्याण खड्कालाई सपथ खुवाएका छन् ।

आठौँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले रामेछाप जेसीजले आफ्नो व्यक्तित्व विकास र नेतृत्वमा युवा समेटिनु पर्छ भन्ने नारालाई अगाडि सारेर उद्यमशिलतालाई समेत प्राथमिकतामा राखेर गरिएका कार्यक्रमले युवाहरुलाई स्वरोजगारमा लाग्न थप हौसला मिलेको बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी खड्काले रामेछाप जेसीजले कोरोना महामारीको बेला स्थानीय सरकारहरुसँग मिलेर गरेको कामले स्थानीय सरकारलाई समेत सहयोग पुगेको दावी गरिन् ।

त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि एवं पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले जेसीजको मुख्य नारा ‘शासन व्यक्तिको हैन विधिको हो’ लाई पालना गराउँदै अहिले अभ्यासकै क्रममा रहेका स्थानीय तहहरुलाई संसदीय अभ्यासको पूर्ण पालना गराउन जेसीजले भूमिका खेल्नु पर्ने धारणा राखिन् । जेसीज युवाहरुले आफ्नो संस्थाको नियमलाई पूर्ण पालना गरेर संस्थालाई थप शसक्त बनाउनु पर्ने उनले बताइन् ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल, नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष जीवन श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्का, रामेछाप जेसीज वर्ष २०१८ का अध्यक्ष गुणराज भट्टराई (आकाश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पद हस्तान्तरण गर्दै रामेछाप जेसीज वर्ष २०२१ का अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जीवन कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने र राष्ट्रिय उपाध्यक्ष बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि जेसीजमा झन सक्रिय रहने बताए । त्यस्तै रामेछाप जेसीज वर्ष २०२२ का अध्यक्ष रामहरी सापकोटाले आफ्नो कार्यकालमा रामेछाप जेसीजले गर्ने विभिन्न गतिविधिहरु जेसिजको मर्म र भावना बमोजिम गर्दै जाने विश्वास व्यक्त गरे ।

पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा नेपाल जेसिजका पदाधिकारी छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी, नेपाल जेसिजका पूर्व पदाधिकारी, मातृत्व शाखा धुलिखेल जेसिजका शाखा अध्यक्ष, रामेछापमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगि, व्यबसायी, विभिन्न राजनीतिदलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper