रामेछाप– लायन्स क्लब रामेछाप, लायन्स क्लब काठमाण्डौ फेलोसिप र लायन्स क्लब रामेछाप लिखुको सहयोगमा विद्यार्थीलाई जाडोमा लगनाउने न्यानो कपडा वितरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा रहेको प्रगतिशिल माविका १ सय ३१ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
लायन्स क्लब रामेछापका पुर्व अध्यक्षहरु सम्भु प्रसाद घिमिरे, राजनारायण श्रेष्ठ, केशर बहादुर श्रेष्ठ र लायन्स क्लब सुनकोशी रामेछापका उपाध्यक्ष राजेश कुमार श्रेष्ठको पहलमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
लामो समयदेखि लायन्स क्लबमा आवद्ध घिमिरेले रामेछाप लायन्स क्लबले जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आएको बताउँदै विपन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर आवश्यक परे सम्पर्क गर्न आफूलाई सम्र्पक गर्न अनुरोध गरेका छन् ।
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति समेत रहेका राजेश कुमार श्रेष्ठले यस अघि पनि लायन्स क्लब रामेछापले खाँडादेवी गाउँपालिकाको विभिन्न ठाउँमा स्वास्थ्य शिविर संचालन गर्ने देखि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको र भविष्यमा समेत आवश्यकत अनुसार लायन्स क्लबले सहयोग गर्दै जाने बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्