Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप काँग्रेसको कोषाध्यक्षमा लवबहादुर थापामगर चयन, विभिन्न समिति तथा शाखाहरु गठन

संवादाताः हाम्रो प्रहार
माघ ३, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापको कोषाध्यक्षमा लब बहादुर थापामगर चयन भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सोमबार बसेको चौथो बैठकले थापामगरलाई कोषाध्यक्षमा चयन गरेको हो ।

काँग्रेस सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले समितिको बैठकमा निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येबाट लब बहादुर थापामगरको नाम कोषाध्यक्षमा प्रस्ताव गरेपछि जिल्ला कार्यसमितिले त्यही नामलाई अनुमोदन गर्दै सर्वसम्मतिले कोषाध्यक्ष चयन गरेको जिल्ला सचिव दीपक खड्काले जानकारी दिए । थापामगर नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भूगोल अन्तरगत दोरम्बा गाउँपालिकाबाट खुल्ला जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विभिन्न क्षेत्र हेर्ने गरी दुई समिति र विभिन्न ९ जिल्ला शाखा गठन गरेको छ । गठन भएको समिति तथा शाखाहरुको संयोजक चयन गर्दै केही सदस्य समेत तोकिएको पार्टी सचिव दीपक खड्काले जानकारी दिए । खड्काका अनुसार जिल्ला प्रशिक्षाण शाखाको संयोजकमा जिल्ला पार्टी उपसभापति नवराज थोकर चयन भएका छन् भने जिल्ला कार्यसमितिका सदस्यहरु संयोजक रहनेगरी जिल्ला लेखा समितिको संयोजकमा ढाकाल बहादुर थापा र जिल्ला अनुशासन समितिको संयोजकमा कमल प्रकाश सुनुवार चयन भएका छन् ।

त्यसैगरी संगठन शाखाको संयोजकमा सिताराम कार्की, विकास शाखाको संयोजकमा गुञ्जबहादुर कार्की, प्रचार प्रसार शाखाको संयोजकमा हिमाल ढुंगेल, अभिलेख शाखाको संयोजकमा सुमन्त कुमार कार्की, जिल्ला सम्पर्क समितिको संयोजकमा घनश्याम श्रेष्ठ, कार्यक्रम तथा सम्मन्वय शाखाको संयोजकमा कमन खड्का (दिपेन्द्र), युवा तथा खेलकुद शाखाको संयोजकमा जित बहादुर कटुवाल र बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकमा चिना कार्की चयन भएका छन् ।

त्यस्तै सभापतिले तीन जनालाई आंमन्त्रित जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । सभापति तामाङले नवराज ढकाल, तोप बहादुर थापा र मन्जुदेवी पुर्वेलाई आंमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा रामेछाप नगरपालिकाको वडा नं ३ साँघुटारमा बसेको बैठकमा जिल्ला उपसभापति द्वोय लेख बहादुर कार्की र नवराज थोकर, सचिव दीपक खड्का, सहसचिव कमल योञ्जन, केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमिति सदस्यहरु, रामेछाप नगरपालिकाका नगर सभापति, नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख र उपप्रमुख नेपाली काँग्रेस नगर समितिका पदाधिकारी, वडा सभापति, नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु, रामेछाप नगरपालिकाका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper