Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

झोलामा रहेका कार्यालय विस्थापित गरेर सुविधायुक्त भवनबाट सेवा दिन थालेका छौँ- नगर प्रमुख थापामगर

संवादाताः रामचन्द्र वि.क.
पुस २९, २०७८

रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पाँच वर्षे कार्यकालको अन्तिम समय सम्ममा आइपुग्दा सयौँ चुनौतीकाबीच पनि झोलामा रहेका कार्यालयलाई विस्थापित गर्दै सुविधायुक्त भवनबाट सेवा दिन थालिएको बताएका छन् । रामेछाप नगरपालिकाको दशौँ नगरसभामा आफ्नो भनाई राख्ने क्रममा नगर प्रमुख थापामगरले आफूहरु निर्वाचित भएर आउँदाको सुरुको दिनलाई सम्झदै त्यतिबेला एउटा झोलामा रहेका वडा कार्यालयहरुलाई आफ्नो पाँच वर्षे कार्यकालको अन्तिममा आइपुग्दा सुविधायुक्त भवनबाट नागरिकलाई सेवा दिन सक्ने अवस्थामा नगर पुगेको बताएका हुन् ।

नगर प्रमुख थापामगरले विगत सम्झदै भने– ‘२०७२ सालको विनासकारी भूकम्पबाट पीडित नागरिकलाई व्यवस्थापन गर्दै नयाँ संविधान अनुसार नीति नियम बनाउँदै काम सिक्दै अगाडि बढीरहयौँ । जसको कारण हामीले अहिले नगरमा विकासको जग बसालेका छौँ । हामी निर्वाचित भएर आउँदा एक वडाबाट अर्को वडामा जान नसक्ने अवस्था थियो । भएका सडकहरु पनि विना मापदण्डका थिए । एक वडाबाट अर्को वडामा जान नसक्ने अवस्थालाई हामीले अहिले सहज रुपमा जान सक्ने बनाएका छौँ । विना मापदण्डका सडकलाई पनि सुधार गरेर सहजै गाडी गुड्ने बनाएका छौँ । त्यस्तै शिक्ष, स्वास्थ्य, कृषि, सामाजिक विकास लगायतका काममा हामीले जग मात्रै हैन, परिणाम नै देखिने गरी काम गर्‍यौं। यी त केही प्रतिनिधिमूलक काम मात्रै हुन् । हामीले जनताको माग अनुसारका धेरै काम गरेका छौँ ।’

जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले नगरमा सबै प्रकारका विकासमा पूर्वाधार बनाउन सफल भएको दावी गर्दै नगर प्रमुखले समृद्ध नगर बनाउने अभियान सुरु भएको बताए । अपेक्षा गरिएका सबै काम पूरा भए भन्ने पक्षमा आफू नरहेको बताउँदै नगर प्रमुखले विकास भन्ने कुरा कहिल्यै पनि पूरा नहुने भएकाले जनताको अवाश्यकता र देशको अवस्था अनुसार पूरा हुँदै जने धारणा राखे ।

कार्यक्रममा नगर उपप्रमुख सृजना खड्काले रामेछाप नगरका नागरिकको अवश्यकता पहिचान गरेर रणनैतिक योजना अनुसार विकास गरिएकाले विकासमा नगरले लिएका लक्ष्य पूरा हुँदै गएको दावी गरिन् । आफूहरु निर्वाचित भएर आएदेखि नागरिकका गुनासो र नागरिकका अपेक्षामा केन्द्रित भएर विकास भइरको बताउँदै उपप्रमुख खड्काले रामेछाप नगरले धेरै नमूनायोग्य काम गरेको धारणा राखिन् ।

आफूले गरेका कामको आफैले राम्रो गरेका छौँ भन्नु भन्दा पनि पाँच वर्षे कार्यकालमा जनपतिनिधिले गरेका कामको मूल्यांकण नगरका जनता र भविष्यले बताउने उपप्रमुख खड्काले बताइन् ।

दशौँ नगरसभाले आर्थिक बर्ष २०७८/०७९ को पुरक विनियोजन विधेक २०७८ र रामेछाप नगरपालिकाका कर्मचारीहरुको सेवा व्यवस्थापन गर्न बनेको विधेक २०७८ सर्वसम्मत रुपमा पारित भएको छ ।

दशौँ नगरसभामा रामेछाप नगरकार्यपालिकाले रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे सहित कार्य सम्पादनमा उत्कृष्ठ ठहरिएका २३ जना कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको छ ।

नगरसभामा रामेछाप नगरपालिकाको १ नं वडा देखि ९ नं सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper