Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

एमाले रामेछाप अधिवेशनः ९० पदका लागि २ सयको उम्मेद्वारी दर्ता, अध्यक्षमा मात्रै तीन जना

संवादाताः हाम्रो प्रहार
पुस २५, २०७८

रामेछाप- नेकपा एमाले रामेछापको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा सहमतिबाटै अध्यक्ष टुंग्याउने प्रयास गरिएको भएपनि सहमती नभएपछि प्रेम बहादुर तामाङ, आनन्द कुमार श्रेष्ठ र झम्क कंडेलले शनिबार साँझ अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउने तामाङ बर्तमान जिल्ला कमिटीका उपाध्यक्ष हुन भने श्रेष्ठ सचिव हुन् । त्यस्तै कंडेल पनि बर्तमान जिल्ला कमिटीका उपसचिव हुन् ।

अध्यक्षमा उम्मेद्वारी दर्ता गराएपछि अध्यक्षका प्रत्यासी प्रेम बहादुर तामाङले आफू बर्तमान उपाध्यक्ष भएकाले पनि अध्यक्ष बन्ने पालो आफ्नो रहेकाले अध्यक्षमा उम्मेद्वारी उम्मेद्वारी रहेको बताए । त्यस्तै अध्यक्षका अर्का उम्मेद्वार आनन्द कुमार श्रेष्ठले नेकपा एमाले पार्टीलाई यहाँ सम्म ल्याउन लामो समय देखि दुःख गर्दै आएको र आगामी दिनमा पार्टीलाई थप बलियो बनाउनको लागि आफूले उम्मेद्वारी दिइएको बताए । त्यसैगरी अध्यक्षका उम्मेद्वार झम्क कंडेलले ३१ वर्ष देखि नेकपा एमालेमा रहेर लामो संघर्ष गरेको बताउँदै अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिनु स्वभाविक भएको बताए ।

जिल्ला कमिटीको एक उपाध्यक्ष पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनेमा रमेश वाग्ले, इन्द्रबहादुर तामाङ, नारायण प्रसाद पौडेल, भुवन विक्रम घिमिरे, ध्रुबकुमार कार्की र सुमन कुमार लामा रहेका छन् । त्यसैगरी  एक सचिव पदका लागि गोपाल श्रेष्ठ, पुरुषोत्तम कडरिया र दुर्गा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।

दुई उपसचिव पदको लागि प्रकाशकुमार कार्की, चन्द्र बहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालले उम्मेद्वारी दिइएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेद्वारी परेपछि सदस्यमा समेत उम्मेद्वारी परेको छ । भूगोल अन्तरगतको केही पालिकाबाट सदस्य निर्विरोध निर्वाचित हुनेगरी उम्मेद्वारी दर्ता भएको भएपनि अधिकासं सदस्यहरुमा समहमती नभएपछि धेरैको उम्मेद्वारी परेको निर्वाचन कमिटीका सदस्य शरण कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पदाधिकारी र सदस्य सहित ९० जना निर्वाचित हुनु पर्नेमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र सदस्य गरी २ सय जनाको उम्मेद्वारी परेको छ ।

मनोनयन दर्ता गरेका मध्ये केहीले उम्मेद्वारी फिर्ता लिन इच्छुक भए आइतबार विहान ११ बजे सम्मको समय तोकिएको र त्यसपछि मात्रै मतदान प्रक्रियाको तालिका सार्वजनिक हुने बताइएको छ ।

सुरुमा धेरैले उम्मेद्वारी दर्ता गराएपनि सहमतीको प्रयास जारी रहेकाले सकेसम्म सहमतीमानै तेतृत्व टुंग्याउने गरी छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी आठ सय १४ जना मतदाता रहेका छन् ।

प्रहार खबर साप्ताहिकमा २०७८ पौष २५ गते आइतबार प्रकाशित

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper