Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेसको गाउँ केन्द्रित अभियान जारी, सुकाजोरमा ११ वटा टोल समिति गठन

संवादाताः हाम्रो प्रहार
पुस १८, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछाप नगरपालिका ७ नं वडा समितिले सबै टोलमा नेपाली काँग्रेसको टोल समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य गुञ्ज बहादुर कार्की, नगर सभापति कमल विक्रम कार्की, वडा सभापति दल विक्रम कार्की वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्की, कार्यपालिका सदस्य एवं वडा नं ७ की वडासदस्य ज्ञानुदेवी बस्नेत कार्की लगायतको टोलीले टोल समिति गठन गरेको नेपाली काँग्रेस रामेछाप नगरपालिका ७ नं वडाका उपसभापति पेशल कार्कीले जानकारी दिए ।

पौष ९ गते देखि पौष १३ गते सम्ममा काँग्रसको ११ वटा टोल समिति र ४ वटा नेपाल तरुण दलको टोल समिति गठन सम्पन्न गरिएको उपसभापति पेशल कार्कीले जानकारी दिए ।

बडडाँडामा वीर बहादुर हायुको सभापतित्वमा २१ सदस्यीय, रजयछापमा तोरण बहादुर श्रेष्ठको सभापतित्वमा २३ सदस्यीय, मुडाजोरमा रामकुमार बस्नेतको सभापतित्वमा ३७ सदस्यीय, धनेघाटमा तोरण बहादुर श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय, बिर्तामा सुरेन्द्र बहादुर हायुको सभापतित्वमा ३५ सदस्यीय, मुगानमा बिमल राई हायुको सभापतित्वमा २५ सदस्यीय, धिपीडाँडामा लोक बहादुर कार्कीको सभापतित्वमा २१ सदस्यीय, थुम्कामा लोक बहादुर बस्नेतको सभापतित्वमा १५ सदस्यीय, छापपात्लेमा बखत बहादुर थापामगरको सभापतित्वमा ४५ सदस्यीय, सिम्लेमा यदु कुमार मगरको सभापतित्वमा १९ सदस्यीय र गैरी भालुखोपमा बम बहादुर तामाङको सभापतित्वमा ३३ सदस्यीय टोल समिति गठन गरिएको उपसभापति पेशल कार्कीले जानकारी दिए ।

त्यस्तै सिम्लेमा चित्र बहादुर मगरको अध्यक्षतामा ३१ सदस्यीय, छापपात्लेमा हरि मगरको अध्यक्षतामा १७ सदस्यीय, मुडाजोरमा गणेश बहादुर हायुको अध्यक्षतामा ११ सदस्यीय र बिर्तामा गोरख बहादुर हायुको अध्यक्षतामा ४३ सदस्यीय नेपाल तरुण दल टोल समिति गठन गरिएको वडा उपसभापति महेन्द्र मगरले बताए ।

टोल समिति गठनमा गाउँ–गाउँ पुगेका जिल्ला कार्यसमिति सदस्य गुञ्ज बहादुर कार्कीले प्रजातन्त्र र लोकतन्त्रको स्थापनको लागि काँग्रेसले ठूलो योगदान रहेको बताउँदै अब देश विकास गर्ने मुख्य जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएकाले अब काँग्रेसले समुन्नत नेपाल र सम्मानित नेपालीको नारालाई लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले काँग्रेसको १४ औँ महाधिवेशनले युवाहरुलाई पनि नेतृत्वमा पु¥याएको स्मरण गर्दै अब देशैभरी रहेका युवाहरुको नेतृत्व गर्ने एक मात्र पार्टी काँग्रेसको रहेकाले गाउँगाउँमा काँग्रेस प्रति युवाहरुको आकर्षण बढ्दै गएको दावी गरे । झण्डै दुई तिहाइ नजिक बहुमत ल्याएका कम्युनिस्ट पार्टीले ४ वर्ष सरकार चलाउँदा देशमा भ्रष्टाचार बाहेक केही नभएको बताउँदै अब आउने निर्वाचनमा काँग्रेस एक्लैले बहुमत ल्याएर देशमा मौलाइरहेको भ्रष्टाचार न्यूनिकरण गर्दै ग्रामिण विकासको लक्ष्य अगाडि सार्ने काँग्रेसको योजना रहेको बताए ।

त्यस्तै टोल समिति गठनको अभियानसँगै रहेका रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्की, वडा सभापति दल विक्रम कार्की, वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्की, वडा सदस्य ज्ञानुदेवी बस्नेत कार्की लगायतले आफ्नो भनाई राख्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको भवना अनुसार विकास गरेको तर कम्युस्टि पार्टीबाट निर्वाचित ठाउँहरुमा जनप्रतिनिधिले आफू धनी हुने भन्दा बाहेक केही काम नगरेको आरोप लगाएका छन् ।

प्रहार खबर साप्ताहिकमा २०७८ पौष १८ गते आइतबार प्रकाशित

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper