प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशति प्रहार खबर साप्तहिक पत्रिका पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । एक वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहति सूरु गरिएको यात्रा दोस्रो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरु लिने मौका पाएका छौँ । यो एक वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रुपमा लिएका छौँ । कोरोना महामारीकै बीच प्रकाशनमा रहेका पत्रिका समेत बन्द भइरहेकै बेला हामीले जोखिम मोलेरै भएपनि सुरु गरेको प्रहार खबर साप्ताहिकलाई एक वर्ष सम्म नियमित प्रकाशन गर्न सफल भएका छौँ । कोरोना महामारीमा समेत पत्रिकालाई नियमित प्रकाशन गरेर जिवित राख्न सफल भएकोमा हामीले यो सफलतालाई ठूलो अवसरका रुपमा लिएका छौँ ।
यो एक वर्षको अवधिमा रामेछाप जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिकामा प्रहार खबर साप्ताहिकपनि सशक्त माध्यमको रूपमा उदाइसकेको छ । एक वर्षे यात्रामा हामीले भोग्दै आएका चुनौतीका चाङलाई अवसरमा मात्र बदलेका छैनौं यो छोटो समयमा आम पाठकहरुको विश्वास जित्न सफल भएका छौँ । यसलाई हामीले अर्को सफलता मानेका छौँ । आम पाठकहरुले दिएको माया र हाम्रा सामग्री प्रति देखाएको विश्वास हामीले हाम्रो ठूलो सम्पत्ति मानेका छौँ । हामीले आर्जन गरेको यति ठूलो सम्पत्तिको श्रेय तपाईं पाठकहरुमा नै जान्छ । पत्रिकाको भिडमा उदाएको प्रहार खबर साप्ताहिकले छुट्टै स्थान बनाउन सफल भएको हामीले महसुस गरेका छौँ । आम पाठकको चाहना अनुसार कोरोनाको महामारीमा समेत समाचारको अपरिहार्यतालाई पूरा गर्दै नियमित प्रकाशन भइरहेकाले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।
सकरात्मक सोच र सहि सूचनामा मात्रै लोकतन्त्र संस्थागत हुन्छ भन्ने मान्यतालाई हामीले आत्मसात गर्दै निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रकाशन गर्ने दायित्वबाट हामी कहिल्यै भाग्ने छनौँ । समाचार सामग्री प्रकाशन गर्ने क्रममा हामीबाट अन्जानमा गल्ती भएको भए माफी माग्दै आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन हामी थप सचेत हुने छौँ ।
राम्रोलाई प्रचार प्रसार नराम्रोलाई सिधै प्रहार भन्ने नारा लिइर सुरु भएको हाम्रो यात्रालाई कदापि पनि विचलित हुन दिने छनौँ । संविधान विपरित कार्य गर्ने विरुद्ध प्रहार खबरको खबरदारी कायमै रहने छ । समाजमा मौलाइरहेको भ्रष्ट्राचार, अनियमितता, हत्या, हिंसा, बलात्कार जस्ता अपराध जन्य गतिविधिका विरुद्धमा हाम्रो कलम चलीरहने छ । लामो संघर्षपछि स्थापना भएको संघीयतालाई संस्थागत गर्ने जिम्मेवारी हामीमाथि पनि छ । तसर्थ लोकतान्त्रिक गणतन्त्रसँगै संघीयतामाथि धावा बोल्नेका विरुद्ध हामी सधैँ आवाज उठाइरहने छौँ । हामी कुनैपनि दलगत आस्था र विचारको स्वार्थको प्रभावमा परेका छैनौं र भविष्यमा समेत दलगत आस्था र विचारको स्वार्थको प्रभावमा पर्ने छैनौँ ।
अबको हाम्रो प्राथमिकता यो एक वर्ष सम्म लिएको अनुभवलाई थप परिमार्जन गर्दै संवेदनशील बन्दै आम पाठकहरूको चाहनाअनुसारको सामग्रीहरु पस्कनेमा केन्द्रित हुनेछ ।
अन्तमा यो कोरोनाको महामारीमा समेत कष्टपूर्ण एक वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार साथीहरु, कर्मचारी लगायत सबैमा मनै देखि धन्यवाद दिन चाहन्छौँ । हामी चाहान्छै तपाइको सल्लाह र सुझान नियमि पाउँ । तपाइले दिने सल्लाह र सुझावलाई आत्मसात गर्दै थप सशक्त बनेर अगाडि बढ्ने प्राण गर्दछौँ ।
रामचन्द्र वि.क.
अध्यक्ष एवं प्रधान सम्पादक
प्रहार खबर साप्ताहिकमा २०७८ पौष १८ गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्