Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले जिल्ला अधिवेशनः रामेछापमा दश समिति गठन, १९ जनसंगठनबाट १०१ प्रतिनिधि छनौट हुने

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ पुष १२

रामेछाप- नेकपा एमाले रामेछापले आठौँ जिल्ला अधिवेशनको मिति नजिकिएसँगै तयारीलाई तिब्र पारेको छ । जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न गरीसकेको एमालेले पौष २३ गते देखि हुने जिल्ला अधिवेशन सम्पन्न गराउन विभिन्न समिति गठन गर्ने देखि अधिवेशनमा भाग लिने प्रतिनिधि छनौट सम्मको मापदण्ड सार्वजनिक गरेको छ । सोमबार सदरमुकाम मन्थली स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर नेकपा एमाले सचिवालयको २१ औँ बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अधिवेशन सम्पन्न गराउन विभिन्न समिति गठन गर्ने देखि प्रतिनिधि छनौटका लागि मापदण्ड तयार गरिएको सम्मको जानकारी गराएको हो ।

प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले नेकाप एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा सचिवालयको २१ औँ बैठकले जिल्ला अधिवेशन गराउनको लागि जिल्ला अध्यक्ष पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन कमिटि गठन गरेको जानकारी गराए ।

त्यस्तै जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट पौष १७ गते ६४ ओटै वडामा एकै पटक गर्ने र जिल्ला सल्लाहकार, पालिका कमिटी, जनसंगठन र रामेछाप सम्पर्क मंचबाट पौष १८ गते प्रतिनिधि छनौट गरिने निर्णय भएकोे प्रचार विभाग प्रमुख कार्कीले जनकारी दिए ।

जिम्मेवारी बाँडफाँड सहित थप दश समिति

जिल्ला अधिवेशनलाई सफल बनाउन एमालेले विभिन्न जिम्मेवारी सहित थप दश समिति गठन गरेको छ । राजनीतिक एवं सांगठनिक प्रतिवेदन समितिको संयोजक शान्ति प्रसाद पौडेल, आर्थिक व्यवस्थापन समितिको संयोजक शान्ति प्रसाद पौडोल, आर्थिक प्रतिवेदन तयारी समितिको संयोजक रामप्रसाद देवकोटा, प्रतिनिधि व्यवस्थापन समितिको संयोजक  आनन्द कुमार श्रेष्ठ, प्रचार प्रसार समितिको संयोजक प्रकाश कुमार कार्की, खाद्य तथा आबास व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम कडरिया, मंन्च व्यवस्थापन समितिको संयोजक गोपाल श्रेष्ठ, स्वयंसेवक परिचालन समितिको संयोजक लब श्रेष्ठ, अतिथि स्वागत सत्कार समितिको संयोजक प्रेम बहादुर तामाङ र साँस्कृतिक कार्यक्रमको संयोजक झम्क कँडेल रहेका छन् ।

प्रतिनिधि छनौटका लागि मापदण्ड तयार, १९ जनसंगठनबाट १०१ प्रतिनिधि छनौट हुने

जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको लागि एमालेले केही मापदण्ड समेत सार्वजनिक गरेको छ । मापदण्ड अनुसार प्रत्येक वडाले पहिलो ५० जना संगठित सदस्य बराबर एक महिला सहित ३ जना प्रतिनिधि छनौट हुने जनाएको छ भने अर्को ५० संगठित सदस्य बराबर १ खुला प्रतिनिधि छनौट हुने छ । त्यस्तै त्यसपछिको ५० जना संगठित सदस्य बराबर १ महिला प्रतिनिधि छनौट हुने बताइएको छ । यि तीन अवस्थामा गणना भएका १ सय ५० संगठित सदस्य बाहेक बाँकी हुने २५ जना संगठित सदस्य रहेको अवस्थामा पनि १ जना प्रतिनिधि छनौट गर्न सकिने मापदण्ड तयार भएको नेकपा एमाले रामेछापले बताएको छ ।

त्यस्तै एमालेले १९ जनसंगठनबाट १ सय १ जना प्रतिनिधि छनौट गर्ने मापदण्डा तयार पारेको छ । जस अनुसार राष्ट्रिय युवा संघ नेपालबाट ५ जना, अनेरास्ववियूबाट ५ जना, अखिल नेपाल किसान महासंघबाट ५ जना, ट्रेड युनियन जिफन्टबाट ३ जना, अखिल नेपाल महिला संघबाट ५ जना, प्रेस चौतारीबाट ५ जना, लोकतान्त्रिक जनजाती महासंघबाट ५ जना, पेशागत महासंघबाट ५ जना, जनसांस्कृतिक महासंघबाट २ जना, मानवअधिकार एलायन्सबाट ५ जना, उद्योगी व्यवसायी महासंघबाट ५ जना, बुद्धिजिवी परिषद्बाट २ जना, उत्पीडित जाती मुक्ति समाजबाट ५ जना, खेलकुद महासंघबाट ५ जना, भुपु सैनिक प्रहरी संगठनबाट २ जना, प्रगतिशिल कानुन व्यवसायी संगठनबाट २ जना, रामेछाप–काठमाडौँ सम्पर्क मञ्चबाट १५ जना, जिल्ला सल्लाहकारबाट १५ जना, नगर कमिटी र गाउँपालिका कमिटीबाट ५/५ जना छनौट हुने छन् ।

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper