Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

भागबण्डाको लागि हैन, परिणाममुखी कामको लागि मन्त्रालय फुटाएका हौँ– मुख्यमन्त्री पाण्डे

संवादाताः कैलाश खत्री
मंसिर २३, २०७८

रामेछाप- बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिक भागबण्डाको लागि नभइ परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका छन् । बुधबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा पार्टी कार्यकर्ता तथा पत्रकारहरुसँग कुरा गर्दै मुख्य मन्त्री पाण्डेले काम गर्ने क्षेत्र धेरै तर मन्त्रालय एउटै हुँदा काम प्राथमिकतामा नपर्ने र कामको परिणाम नदेखिएकाले परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका हुन् ।

आफू मुख्यमन्त्री भएपछि ८ मन्त्रालयबाट १४ मन्त्रालय पुर्‍याएको प्रसंग बताउँदै मुख्यमन्त्री पाण्डेले सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रमा परिणाममुखी काम नभएको र अब सहकारीमा देखिएको विकृति, अपलपत्र अवस्थामा रहेका उद्योग जस्ता काममा सरकारले नै जिम्मा लिने गर्ने योजना रहेको बताए । यस अघि एउटै जिल्लाबाट धेरै जिल्ला हेर्ने गरी प्रदेशस्तरका कार्यालय राखिएको र त्यहाँबाट काम प्रभावकारी नभएको भन्ने गुनासो आइरको र अब बागमती प्रदेशका सबै जिल्लामा प्रदेशका कामलाई प्रभावकारी गराउनेका लागि एउटा÷एउटा कार्यालय राख्ने गृहकार्य भइरहेको मुख्यमन्त्रीले बताए ।

यस अघिकास सरकारले सुरु गरेका केही राम्रा कामहरुलाई तपाई मुख्यमन्त्री भएपछि रोक्ने काम गर्नु भयो नी, यो राम्रो काम हो त ? भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री पाण्डेले यस अघिका सरकारले धेरै कामहरु आधार विनाका काम, वजेट विनाका काम र प्रचारबाजीका लागि मात्रै ल्याइएका कार्यक्रम भएकाले त्यस्ता कार्यक्रमलाई तत्कालका लागि अगाडि नबढाउने निर्णय भएको स्पष्ट पारे ।

प्रदेश सरकारले बागमती प्रदेशमा रहेका १ सय १९ ओटा स्थानीय तहका दलित, अति विपन्न, पिछाडी पारिएको समुदाय मध्येबाट एक/एक जना बिद्यार्थीलाई तीन वर्षे प्राविधिक शिक्षा पढाएर त्यही स्थानीय तहमा रोजगार दिने, सामुदायिक कलेजमा पढ्न जाने छोरीहरुका लागि कलेज शुल्क सरकारले तिर्ने लगायतका महत्वपूण निर्णय भएको मुख्यमन्त्री पाण्डेले बताए । आफू मुख्यमन्त्री भएर आएपछि सरकारमा सहभागी सबै राजनीतिक दलहरुकै सहमतीमा सरकारका साझा कार्यक्रम ल्याइएको र तिनै साझा कार्यक्रमलाई कार्यन्वयन गराउने गरी सरकार अगाडि बढ्ने धारना राखे ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper