रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । बेद बहादुर कार्कीको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको पदाधिकारीमा क्रमशः उपाध्यक्ष डिल बहादुर सार्की र सरिता खड्का, सचिव भिम बहादुर माझी र उपसचिव सम्भु बादी रहेका छन् । शनिबार गठित नयाँ वडा कमिटीलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज देवशंकर पौडेलले पद तथा गोपनियताको सपथ गराएका छन् ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य शान्ता पौडेले, प्रदेश सदस्य किरण मोक्तान, जिल्ला उपसचिव दीपक बुढाथोकी र गणेशबाबु खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने नेकपा एसका नेताहरुले रामेछापको ६४ वटा वडामा समाजवादी पार्टीको वडा कमिटी गठनलाई तिव्रता दिई रहेको बताएका थिए ।
सोही कार्यक्रममा नेकपा एमाले खाँडादेवी गाउँपालिका– ९ प्रभावशाली युवा नेता राजकुमार लामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनले कम्युनिष्ट पार्टीको नाममा गरिएका भ्रष्ट्रचारको जालो, अन्याय र अत्याचारका विरुद्धमा बामपन्थी आन्दोलनलाई रामेछापमा सशक्त बनाउने बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्