Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘अबको चुनावमा केपी ओली काँधमा हालो र सुर्य बोकेर गाई धपाउँदै भोट माग्न आउँछन्’– मन्त्री खतिवडा

संवादाताः हाम्रो प्रहार
मंसिर ११, २०७८

‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’

रामेछाप– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले शुक्रबार आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पुर्‍याएका केपी ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।

झण्डै दुई तिहाइको बहुमत सहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बारदली हुँदै अहिले नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा पनि बगरकै रहेको मन्त्रीले जिकिर गरे ।

कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सफल भएका केपी ओलीले अब पार्टीलाई मण्डलेकरण गर्दै नागर्जुनमा लगेर बुझाउने निश्चित रहेको बताउँदै अन्य राजनीतिक दलहरु होसियार हुन जरुरी रहेको उनले बताए । २०६२/६३ को जनआन्दोलन देखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरीसकेको र आउँदो चुनावमा राप्रपसँग गठबन्धन गरेर आफ्ना कार्यकर्तालाई एउटा काँदमा हलो, अर्को कादमा सुर्य हालेर गाई धपाउँदै चुनाव प्रचारमा लगाउने निश्चित रहेको ठोकुवा गरे ।

संसद विघटनको प्रसंगमा मन्त्री खतिवडाले भने– ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेरको गलत भएको भन्दै सर्वोच्चले संसद विघटलाई बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनले केपी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्द बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै केपी ओली बौलाएर हिडेका छन् । यो सरकार १ सय ६५ जना सासंदको समर्थनमा बनेको हो । यसमा कुनै संका छैन् ।’

कोभिड नियन्त्रको लागि सिंगो सरकार लागेको र अहिले देशका सबै नागरिकलाई पुग्ने खोप जोहो गरिसकिएकाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन मन्त्री खतिवडाले आग्रह गरे । स्वास्थ्य क्षेत्रमा जनशक्तीको अभावलाई अर्को व्यवस्था नहुँदा सम्म केही समयको लागि नेपाल सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीहरुलाई करारमा खटाइसकिएकाले स्वास्थ्य संस्थामा जनशक्ती अभावमा सेवा नरोकिने पनि उनले बताए ।

स्थानीय तहका कुनै वडामा कुनै पनि प्रकारका स्वस्थ्य संस्थाहरु नभएको भएर स्वास्थ्य संस्था स्थपाना गर्नको लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै सम्बन्धित स्थानीय तहको सिफारिस सहित मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरे ।

नेकपा एकीकृत समाजबादी सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिट ब्यूरो सदस्या एवं सह इन्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, नेकपा एकीकृत समाजबादी काठमाण्डौ–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवाश खत्री, जिल्ला उपसचिव किरण मोक्तान, नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य रमेश श्रेष्ठ लगायतका नेताहरुले बोलेका थिए ।

सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदसीय गाउँ कमिटी बनेको छ । त्यस्तै सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियापानीको वडा कमिटि पनि गठन भएको नेकपा एकीकृत समाजबादीले बताएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper