Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली नगरको ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियानः आधा लाखको मिर्गौला परीक्षण

संवादाताः रामचन्द्र वि.क.
मंसिर ७, २०७८

रामेछाप– मन्थली नगरपालिकाले नगरबासीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ अभियान अन्तरगत नगरमा रहेका झण्डै साँढे ५१ हजार नगरवासीको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।

नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा ६ वर्ष भन्दा माथी उमेर भएका सबै नागरिकको ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गर्न लागिएको बताएको हो ।

मिर्गौला परीक्षणबाट मिर्गौलामा समस्या भए नभएको यकिन हुने भएकाले समस्या भएकालाई उपचा गर्न अनुरोध गर्ने र समस्या नभएकालाई आफ्नो मिर्गौला स्वस्थ राख्न नियमित परीक्षण गराउनु पर्ने रहेछ भन्ने जनचेतनाको लागि अभियान थालिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।

‘स्वस्थ मिर्गौला स्वस्थ मन्थली’ नाम दिएको अभियान मार्फत नगपालिका भित्र रहेका सरकारी स्वस्थ्य संस्था, मन्थलीमा रहेका नीजि संस्थ्य संस्था, गाउँघर क्लिनिक, खोप केन्द्र लगायतका उपयुक्त ठाउँमा अभियान संचालन गरिने पौडेलले बताए ।

नगरवासीको मिर्गौलाको अवस्था कस्तो रहेछ भनेर परीक्षण गरे समस्या देखिए उपचारमा पठाउने र स्वस्थ रहे पुनः परीक्षण गर्नु पर्ने रहेछ भन्ने जनचेतना जगाउनको लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिर्गौला परीक्षणको कार्यक्रम समावेश गरेर उक्त अभियानको थालनी गर्न लागिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । नगरले निःशुल्क प्रारम्भिक मिर्गौला परीक्षणको लागि पाँच लाख बजेट विनियोजन गरेको र नपुग भए थप बजेटको व्यवस्था गरेर पनि अभियान पूरा गरिने नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।

विगत लामो समय देखि मिर्गौला बचाऔँ अभियानमा सक्रिय रहेका मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले ‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गरिने र त्यसले मिर्गौलाको अवस्थाबारे थाहा हुने हुँदा यो आभियान सफल हुने दावी गरे । मिर्गौलामा रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिनु नै मिर्गौला रोगबाट बच्ने उत्तम उपाय भएकाले यो अभियानमा सबैले भाग लिनु पर्नेमा डा. काफ्लेको जोड छ ।

डा. काफ्लेका अनुसार नेपालमा हाल करिब ३० लाख नागरिकको मिर्गौलामा समस्या छ । त्यसमध्ये करिब ३० हजार जनाको मिर्गौला बिग्रेको छ भने प्रत्येक वर्ष ३ हजार मिर्गौलाका विरामी थपिइरहेका छन ।

‘डिपिस्टिक कीट’ को प्रयोग गरेर निःशुल्क मिर्गौला परीक्षण गराउँदा प्रतिव्यक्ति करिब ५० रुपैयाँ खर्च हुने नगरपालिकाले बताएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper