Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

व्यक्तिगत सहयोगमा १४ किलोमिटर सडक स्तरोन्नति

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७८ मंसिर ६

रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १४ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, ग्राभेल र कच्ची नाला बनाउने गरी भदौ पहिलो सातादेखि सुरु भएको काम दुई महिनाको अवधिमा सम्पन्न भएको हो ।

सनिबार चनखुमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पुर्व पार्टी सभापति एवं महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्का र पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले संयुक्त रुपमा स्तरोन्नति सम्पन्न सडकको उद्घाटन गरेका छन् ।

हाम्रो प्रहार डटकम

कार्यक्रममा आफ्नो भनाई राख्दै सभापति तामाङले आफूले व्यक्तिगत सहयोगमा विगत देखि गर्दै आएको कामलाई निरन्तरता दिएको बताउँदै आफू काँग्रेसको सभापित भएपनि चनखुबासीको सुविधाको लागि गरिएको काममा कुनै राजनीतिक स्वार्थ नभएकाले दुई महिनाको अवधिमा काम सम्पन्न गर्न सफल भएको बताए । तामाङले भने– ‘म यो सडकमा हिड्दा धुलो उडेर बाटो नै नदेखिने र साँघुरो भएको कारण सहज रुपमा गाडी आवत जावत गर्न कठिन देखिएपछि आफ्नै व्यक्तिगत खर्चमा भएपनि काम गरौ भन्ने सोच आयो । मैले यो सडक स्तरोन्नतिको काम गर्ने बाचा गरेको थिएँ, आज त्यो काम पुरा भएको छ । अहिले यो सडक प्रयोग गरेर मन्थली नगरपालिकाको विभिन्न वडा हुँदै अन्य विभिन्न ठाउँमा जान सहज भएको छ । यसमा म निकै खुसी छु ।’

आफ्नो व्यक्तिगत खर्चमा स्तरोन्नति भएको सडकको आफूलाई धेरै माया भएकाले चिसापानीबाट सुरु भएर चनखु हुँदै फुलासी सम्म पुगेको सडकलाई काँग्रेसकै सरकार भएको समयमा कालो पत्रे गर्नको लागि आफूले पहल गर्ने समेत सभापति तामाङले प्रतिवद्धता जनाए । विकासे काममा स्थानीय सरकारको मूख्य भूकिमा हुने भएपनि अधिकासं ठाउँमा कम्युनिस्ट पार्टीबाट जनप्रतिनिधि निर्वाचित भएका कारण कम्युनिस्टबाट निर्वाचित प्रतिनिधिहरु व्यक्तिगत स्वर्थमा लागेका कारण नागरिकहरु विकासबाट वञ्चित हुनु परेको बताउँदै सभापति तामाङले गाउँ विकासको लागि आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

गत संघीय संसदको निर्वाचनमा नेपाली काँग्रेको तर्फबाट संघीय सांसदको उम्मेद्वार समेत रहेका तामाङले चुनावताका गाउँमा पुग्दा आफू चुनाव नजितेपनि सहयोग गर्छु भनेर आश्वासन दिएको र पराजित भएपनि त्यतिबेला नागरिकहरुलाई दिएको आश्वासन पुरा गर्न पनि विभिन्न ठाउँमा व्यक्तिगत खर्चमा काम गरीरहेको बताए । जिल्लामा निर्माणाधिन विकास निर्माणको काममा अब सरकारलाई नै अनुरोध गरेर चाँडो विकास गर्न आफू लाग्ने पनि सभापति तामाङले प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै सडक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काले जनताको काम गर्ने पार्टी काँग्रेस मात्रै भएको बताए । काँग्रेस सरकारमा भएको बेला धेरै जनताको काम गरिएको स्मरण गराउँदै अब समृद्ध देश बनाउने जिम्मा काँग्रेसकै जिम्मामा आएकाले अब काँग्रेसले समृद्धीको यात्रामा अगाडि बढ्ने बेला भएको खड्काले बताए ।

विकास निर्माण र समाज सेवामा काँग्रेसका नेताहरुले विगत देखि आफ्नो व्यक्तिगत खर्चमा काम गर्दै आएको बताउँदै खड्काले काँग्रेस सँधै नागरिकको पक्षमा रहेको धारणा राखे ।

ह्याङ्ला ह्युल सामुदायिक संस्थाका अध्यक्ष कुलमान योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस उपसभापति लेख बहादुर कार्की, सचिव विनोद कार्की, सहसचिव कमल योञ्जन, महाधिवेशन प्रतिनिधिहरु अर्जुन केसी, युवराज भट्टराई, रत्न कार्की, मिना कार्की, ग्याल्जे शेर्पा, जिल्ला कार्य समिति सदस्य ध्रुव लामा, दोरम्बा शैलुङ गाउँपालिका सभापति केशव कुमार लामा, नेपाली काँग्रेस रामेछापका पुर्व जिल्ला कार्य समिति सदस्य गौतम लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यस अघि गाडीहरु गुडीरहेको सडक भएपनि कच्ची नाला बनाउने र विभिन्न ठाउँमा कटिङसँगै ग्राभेल हुँदा वर्षायाममा आउने समस्या समधान हुने स्थानीयहरुले बताएका छन् ।

करिव १४ किलोमिटर सडक स्तरोन्नतिको लागि कटिङ, ग्राभेल र कच्ची नाला बनाउने काममा झण्डै आधा करोड बढी खर्च भएको बताइएको छ । सडक स्तरोन्नतिको लागि ह्याङ्ला ह्युल सामुदायिक संस्थाले सहजीकरण गरेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper