Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै दोरम्बा शैलुङ गाउँपालिका

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ कार्तिक १४

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ बाट आफ्नो नीति तथा कार्यक्रममै वैदेशिक रोजगार सम्बन्धी ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ समावेश गरेर काम गर्दै आएको गाउँपालिकाले यस वर्ष देखि पालिकामा वैदेशिक रोजगारीको अवस्था कस्तो छ भन्ने वैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाएर वैदेशिक रोजगारीलाई थप व्यवस्थति बनाउने भएको हो ।

शुक्रबार गाउँपालिकामा आयोजित सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले आफ्नो भनाई राख्दै गाउँपालिका भित्र वैदेशिक रोजगारीको अवस्था कस्तो छ ?, बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ ?, विदेशबाट फर्केका व्यक्तिहरुको सीपलाई प्रयोग गरेर गाउँपालिकामा भएको बेरोजगारीलाई कसरी कम गर्न सकिन्छ लगायतका विषय बस्तु समेटिएको तथ्यांक सहितको बैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाउने कार्य सुरु हुन लागेकाले पालिकाभित्रको वैदेशिक रोजगारी थप व्यवस्थित हुने दावी गरेका छन् ।

गाउँपालिकाले विदेश जानेहरुको समस्यालाई प्राथमिकता राखेर सुरु गरिएको कार्यक्रमबाट पालिका भित्रका धेरै नागरिकहरुलाई सहयोग पुगेको अध्यक्ष तामाङको दावी रहेको छ ।

पालिकामा ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ लागु भएपछि रोजगारको लागि विदेश जाने युवाहरुले विदेशमा हुँदा आवश्यक पर्ने सूचनाहरु लिएर जान थालेको, केही व्यक्तिहरु सीप सिकेर जान थालेका लगायतका परिणामहरु देखिन थालेको मनोसामाजिक परामर्शकर्ता नोर्वु योञ्जनले जानकारी दिए । विदेशबाट फर्केका व्यक्तिहरु र उनिहरुको परिवारका सदस्याहरुमा वैदेशिक रोजगारीकै कारण गाउँपालिका भित्र देखिएका ३८ वटा मनोसामाजिक समस्या भएका व्यक्तिहरु भेटिएको र नियमित परामर्शा पछि ३२ जना सामान्य अवस्थामा फर्कीसकेको र बाँकी ६ जनासँग नियमित भेटघाट गरेर समस्या समधान गर्ने काम भइरहेको योञ्जनले बताए ।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीले वैदेशिक रोजगर सम्बन्धी केकस्ता नियम तथा कार्यविधिहरु रहेका छन् र तिनको कार्यन्वयन कसरी भइरहेको छ लगायतको विषयमा जानकारी गराएका थिए । त्यस्तै हेल्भेटासका कार्यक्रम संयोजक भोजराज सुनुवारले रामेछप र समग्र नेपालको वैदेशिक रोजगारीको अवस्थाको बारेमा जानकारी गराएका थिए । डिप्रोस नेपालका क्षेत्रिय संयोजक सागरविक्रम बस्नेतले वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) को अवस्थाको बारेमा जानकारी गराउँदै परियोजनाले विदेशबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) लाई थप व्यवस्थित बनाउन संचानल गरेको वित्तिय साक्षरता कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

प्रहार खबर साप्ताहिकमा कात्तिक १४ गते आइतबार प्रकाशित

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper