Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै दोरम्बा शैलुङ गाउँपालिका

संवादाताः हाम्रो प्रहार
कार्तिक १४, २०७८

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ बाट आफ्नो नीति तथा कार्यक्रममै वैदेशिक रोजगार सम्बन्धी ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ समावेश गरेर काम गर्दै आएको गाउँपालिकाले यस वर्ष देखि पालिकामा वैदेशिक रोजगारीको अवस्था कस्तो छ भन्ने वैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाएर वैदेशिक रोजगारीलाई थप व्यवस्थति बनाउने भएको हो ।

शुक्रबार गाउँपालिकामा आयोजित सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले आफ्नो भनाई राख्दै गाउँपालिका भित्र वैदेशिक रोजगारीको अवस्था कस्तो छ ?, बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ ?, विदेशबाट फर्केका व्यक्तिहरुको सीपलाई प्रयोग गरेर गाउँपालिकामा भएको बेरोजगारीलाई कसरी कम गर्न सकिन्छ लगायतका विषय बस्तु समेटिएको तथ्यांक सहितको बैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाउने कार्य सुरु हुन लागेकाले पालिकाभित्रको वैदेशिक रोजगारी थप व्यवस्थित हुने दावी गरेका छन् ।

गाउँपालिकाले विदेश जानेहरुको समस्यालाई प्राथमिकता राखेर सुरु गरिएको कार्यक्रमबाट पालिका भित्रका धेरै नागरिकहरुलाई सहयोग पुगेको अध्यक्ष तामाङको दावी रहेको छ ।

पालिकामा ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ लागु भएपछि रोजगारको लागि विदेश जाने युवाहरुले विदेशमा हुँदा आवश्यक पर्ने सूचनाहरु लिएर जान थालेको, केही व्यक्तिहरु सीप सिकेर जान थालेका लगायतका परिणामहरु देखिन थालेको मनोसामाजिक परामर्शकर्ता नोर्वु योञ्जनले जानकारी दिए । विदेशबाट फर्केका व्यक्तिहरु र उनिहरुको परिवारका सदस्याहरुमा वैदेशिक रोजगारीकै कारण गाउँपालिका भित्र देखिएका ३८ वटा मनोसामाजिक समस्या भएका व्यक्तिहरु भेटिएको र नियमित परामर्शा पछि ३२ जना सामान्य अवस्थामा फर्कीसकेको र बाँकी ६ जनासँग नियमित भेटघाट गरेर समस्या समधान गर्ने काम भइरहेको योञ्जनले बताए ।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीले वैदेशिक रोजगर सम्बन्धी केकस्ता नियम तथा कार्यविधिहरु रहेका छन् र तिनको कार्यन्वयन कसरी भइरहेको छ लगायतको विषयमा जानकारी गराएका थिए । त्यस्तै हेल्भेटासका कार्यक्रम संयोजक भोजराज सुनुवारले रामेछप र समग्र नेपालको वैदेशिक रोजगारीको अवस्थाको बारेमा जानकारी गराएका थिए । डिप्रोस नेपालका क्षेत्रिय संयोजक सागरविक्रम बस्नेतले वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) को अवस्थाको बारेमा जानकारी गराउँदै परियोजनाले विदेशबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) लाई थप व्यवस्थित बनाउन संचानल गरेको वित्तिय साक्षरता कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

प्रहार खबर साप्ताहिकमा कात्तिक १४ गते आइतबार प्रकाशित

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper