Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोठगाउँका पहिरो पीडितलाई राहत

संवादाताः हाम्रो प्रहार
अशोज ६, २०७८

रामेछाप– अविरल वर्षका कारण घर पुरिएर विस्तापित भएका रामेछाप नगरपालिका वड नं १ गोठगाउँका  दुई घरपरिवालाई राहत सहयोग गरिएको छ । मंगलबार राती घरमाथीबाट खसेको पहिरोले घर पुरिएर विस्तापित हुन पुगेका गोठगाउँका भिम प्रसाद सापकोटा र ददिराम सापकोटाको परिवारलाई नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले खाद्यान्न सहितको राहत सहयोग गरेका हुन् ।

सापकोटा परिवार बस्दै आएको घर पहिरोले पुरिदा घरभित्र भएको अन्नपात देखि कपडा समेत पुरिएको हुँदा उनिहरुलाई तत्काल बस्न र खानाको लागि समेत समस्या भएपछि सचिव कार्कीले काँग्रेस नेता केशव महत, तरुण दलका उपाध्यक्ष बासुदेव फुयाल र आफू सहितको व्यक्तिगत सहयोगमा विस्थापित दुई घरपरिवारका लागि ८ बोरा चामल, ४ लिटर तेल, ४ केजी चिनी, दुई केजी चियापती, साबुन लागयतको सामाग्री सहयोग गरेका छन् । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रामेछापले पहिरो पीडित परिवारका लागि पाल, भाँडा, कम्बल, कपडा, बाल्टिन लगायतका सामाग्री सहयोग गरेको छ । गोठगाउँकै स्थानीय समेत रहेका कार्कीले पीडित परिवारको लागि खानेपानीको लागि एक क्वाइल पाइप पनि उपलब्ध गराएका छन् ।

काँग्रेस सचिव कार्की र नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले पीडितको घरमै पुगेर रहात सामाग्री दिएका हुन् ।

पहिरोले सापकोटा परिवार बस्दै आएको घर पूर्ण रुपमा क्षेति पु¥याउँदा उहाँहरुलाई बस्न र खानको समेत समस्या हुने भएकाले केही समयको लागि भएपनि सहयोग होस भनेर रहात सामाग्री दिएको सचिव कार्कीले बताए । अहिले पहिरो झरेको ठाउँबाट फेरि पहिरो झर्न सक्ने भएकाले पहिरो नियन्त्रणको लागि भूगर्भविद्हरुसँगको समन्वयमा समधानको उपाय खोज्नु पर्ने र त्यसको लागि आफू लागि पर्ने पनि सचिव कार्कीले बताएका छन् ।

रातको समयमा पहिरोले घर पुरेपछि भिम प्रसाद सापकोटाको परिवारले घरको झ्यालबाट हाम फालेर ज्यान जोगएका थिए । पहिरोको कारण एउटा घर पुर्ण रुपमा पुरिएको छ भने दुई घरमा पनि क्षेति पुगेको छ ।

पहिरो झरेको ठाउँमा चिरा–चिरा परेको र फेरि पनि पहिरो झर्न सक्ने भएकाले त्यहाँ रहेका अन्य १० देखि १५ घर अझै जोखिममा रहेको वडाध्यक्ष नर बहादुर थापा क्षेत्रीले बताए ।

गाउँ विकासका लागि बनाइएको सडककै कारण पहिरोले घर पुरेर आफ्नो उठिबास भएको बताउँदै पीडित भिम प्रसाद सापकोटाले पहिरो नियन्त्रणको लागि स्थानीय सरकारको चाँडो ध्यान जानु पर्ने बताए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper