



रामेछाप- बाल विवाह न्यूनिकरणका अभियान्ता अनन्त मगरले जनचेतना कमीको कारण बाल विवाह नरोकिएको दावी गरेका छन् । बाल दिवसको अवसरमा आफ्नो भनाई प्रस्तुत गर्दै वालविवाह न्यूनिकरणका अभियान्ता मगरले अहिले पनि समाजमा अभिभावकको भूमिकामा रहेका स्थानीय नागरिकमा जनचेतना कमीका कारण समाजमा वाल विवाह रोकिनुको सट्टा वृद्ध हुँदै गएको दावी गरेका छन् ।




समाजमा कुरितिको रुपमा रहेका वाल विवाह, वालिका बलात्कार, बाल श्रम शोषण, महिला हिंसा, घरेलु हिंसा, छुवाछुत जस्ता घटना वृद्धि हुनुको कारण जनचेतना कमी र अशिक्षा रहेको उनको दावी रहेको छ ।
सन् १९९० सेप्टेम्बर १४ तारिख (भाद्र, २९गते) देखि प्रत्येक वर्ष सेप्टेम्बर १४ तारिखमा संयुक्त राष्ट्र संघले राष्ट्रीय बाल दिवस मनाउँदै आएपनि नेपालमा अहिले सम्म पनि बाल विवाह रोकिनुको साटो झन वृद्धि हुँदै जानु दुःखद पक्ष रहेकाले वाल विवाह रोक्न सबै लाग्नु पर्ने उनको धारणा रहेको छ ।
मन्थली नगरपालिका-४ सालु घर भएका मगरले सानै उमेरदेखि बाल विवाह रोक्ने, बाल श्रम शोषण कम गर्ने, बालबलिका हिंसा न्यूनिकरण, लगायतका क्रियाकलापका अभियानहरुमा भाग लिदै आएका छन् ।





आफ्नो प्रतिकृया दिनुहोस्