Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home सम्पादकीय

काँग्रेस १४ औँ महाधिवेशनः राजनीतिक नेतृत्वमा युवालाई ल्याउँ

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ भाद्र २०

‘युवा’ शब्दको अर्थ खोज्ने हो भने विश्वका अधिकासं देशहरुले मुलुक चलाउने संवैधानिक व्यवस्थामा नै उल्लेख गरेर मुलुकका लागि अति आवश्यक मानव शक्तिको रुपमा परिभाषित गरेका छन् । विश्व श्रमिक संगठनले १५ वर्ष देखि २९ वर्ष,  युनिसेफ र विश्व स्वास्थ्य संगठनले १५ देखि २४ वर्ष उमेर समूहलाई ‘युवा’ भनेर परिभाषित गरेका छन् । नेपालमा  ‘राष्ट्रिय युवा नीति– २०६६’ मा १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिंगीलाई युवा भनेर परिभाषित गरेको छ । हाम्रो समाजले विगत देखि नै युवा समूहलाई हरेक कामका लागि बलियो समूह मान्दै आएको छ ।

गाउँको एउटा सानो समाज देखि राष्ट्रले समेत युवाको जोस र जागरलाई थप बलियो बनाउने गरी उच्च मूल्यांकन गरेर युवालाई सम्मान गरेको छ । तर हाम्रो मुलुकमा हरेक ठाउँको नेतृत्व लिने वा दिने बेला माथी उल्लेखित परिभाषा र भनाईहरुले पटकै सार्थकता पाउँदैनन् । त्यसै कारण पनि नेपाललाई अहिलेको अवस्थामा ल्याउन दशकौ वर्ष देखि निरन्तर रुपमा विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका युवाहरूको नेतृत्व गर्ने सपना र मुद्दाले अझै ठाउँ पाउन सकेका छैनन् भने नेपालका कुनै पनि राजनीतिक दलहरूले युवाशक्तिलाई नेतृत्वमा ल्याएको पाइदैन् । नेपालको सबै भन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको यहि भदौ १८ गते देखि सुरु भएको महाधिवेशनमा पनि नेतृत्वदायि भूमिकामा युवाहरुलाई नल्याउने संकेत देखिन थाली सकेको छ ।

कुनै सार्वजनिक मञ्चमा आफ्नो पार्टीको तर्फबाट भाषण गर्न उभिएका महत्वपूण जिम्मेवारीमा रहेका उमेरको परिभाषाले जेष्ठ नागरिक भइसकेका नेताहरु आफ्ना युवा कार्यकर्ताको गुणगान गाएर कहिल्यै पनि थाक्दैनन् । तर यथार्थमा मुलुकमा भएका सबै राजनीतिक दलले विगत देखि नै युवालाई आन्दोलन र शक्ति प्रदर्शनमा मुख्य हतियारको रुपमा प्रयोग गर्दै आएका छन् । जसको कारण देशमा केही परिर्वतन आउँछ भनेर बसेका लाखौँ युवाहरु आफ्नो देशप्रति वितृष्ण जागेर विदेश तिर पलायन हुन थालेका छन् ।

नेपाली काँग्रेसले देशको मुहार फेर्न सक्ने गरी आफ्ना प्रतिनिधिहरु छनौट गर्न लागेको यो महान चाड १४ औँ महाधिवेशनमा युवालाई एउटा मतदाता र आफ्नो पक्षमा मत तान्नको लागि मात्रै प्रयोग गर्‍यो भने नेपाली काँग्रेको मात्रै हैन देशकै भविष्य फेरि दशकौ वर्ष पछाडि धकेलिने छ । त्यसकारण १४ औँ महाधिवेशनमा विवेकपूर्ण तरिकाले कांग्रेसमा युवा नेतृत्व स्थापित गराउँदै देशलाई युवाको युगमा प्रवेश गराउनका लागि पनि काँग्रेसका सम्पूर्ण क्रियाशील सदस्यले वडा, गाउँ, नगर, प्रदेश क्षेत्र र जिल्ला तह देखि नै युवालाई छनौट गर्दै केन्द्रको नेतृत्व समेत युवाको हातमा दिलाउन जरुरी छ ।

प्रहार खबर साप्ताहिकमा भदौ २० गते आइतबार प्रकाशित

Related Posts

प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा
समाचार

प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा

सुरक्षा भत्ता बैंकिङ प्रणलीबाट दिदा नागरिकलाई सास्ती
समाचार

तीव्र गतिमा फैलिइरहेको छ कोरोना संक्रमण दर, जिम्मेवार छैनन् राजनीतिक दलहरु

सुरक्षा भत्ता बैंकिङ प्रणलीबाट दिदा नागरिकलाई सास्ती
समाचार

राजनीतिक दलका गतिविधिले ‘ओमिक्रोन’ फैलने जोखिम

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper