Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

राजनीतिक दलका गतिविधिले ‘ओमिक्रोन’ फैलने जोखिम

संवादाताः हाम्रो प्रहार
मंसिर १९, २०७८

पछिल्लो समय देखिएको कोरोना भाइरसको परिवर्तित रुप डेल्टा भेरियन्टको त्रास सकिन नपाउँदै फेरि विश्वका केही देशहरुमा कोरोना भाइरसको नयाँ रुप ‘ओमिक्रोन’ फैलिन थालेको छ । नेपालसँग सिमा जोडिएको भारत सहित दश भन्दा बढी देशहरुमा कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखिन थालेपछि नेपाल पनि नयाँ भेरियन्टको उच्च जोखिममा रहेको स्वास्थ्य विशेषज्ञहरुले बताउन थालेका छन् । विश्वका विभिन्न देशहरुबाट फैलिएको कोरोना भाइरसका विभिन्न भेरियन्टहरुले नेपालमा हाल सम्म साँढे एघार हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ९ लाख १८ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले पनि दैनिक पाँच जना भन्दा बढीले ज्यान गुमाइरहेका छन् । ‘ओमिक्रोन’ फैलने डरले विश्वका विभिन्न देशहरुले एक देशबाट अर्को देशनमा आवतजवात बन्द देखि कोरोना भाइरसबाट बच्नको लागि अपनाइने स्वास्थ्यका मापदण्डहरुलाई पूर्ण पालना गर्न थालीसकेका छन् । तर हाम्रो देश नेपालमा भने वास्थ्यका मापदण्ड पालना गर्नुसको सट्टा सत्तामा बसेका दर र सत्ता बाहिर रहेका राजनीतिक दलहरु लखौ मानिसको भिड जम्म गरेर कोरोना भाइरसको नयाँ रुप ‘ओमिक्रोन’ को जोखिमलाई निम्त्याई रहेका छन् । 

नेपालका ठूला राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायतले वडा तह देखि केन्द्र सम्ममा लाखौ मानिसको भिड जम्म गरेर अधिवेशन देखि विभिन्न राजनीतिक कार्यक्रमहरु गरीरहेका छन् । दैनिक जसो भइरहेका यस्ता कार्यक्रममा राजनीतिक दलहरुले लाखौको संख्यामा नेता तथा कार्यकर्ता जम्म गरेर भिडभाड बढाइरहेका छन् । यसरी लाखौको संख्यामा मानिसहरु जम्मा गरेर भिडभाड बढाउँदा छिमेकी मुलुक भारत लगायतका देशमा देखिएको ‘ओमिक्रोन’ भाइरस नेपालमा समेत फैलिएर कोरोनाको जोखिम बढ्ने हो की भन्ने तर्फ राजनीतिक दलको ध्यान पटकै गएको छैन् । जसको कारण मुलुकमा फेरि पनि कोरोनाको अर्को महामारी नआउला भन्न सकिँदैन ।

मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको छ । तर हाम्रो देशमा कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आएको छैन । अहिले पनि कोरोना भाइरसबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले पालना गर्न भनेका मापदण्डहरु पूर्णरुपमा पालना नभए अर्को ‘ओमिक्रोन’ को जोखिम निम्तिने खतरा रहेको स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिँदै आएका छन् ।  त्यति मात्र हैन, सरकारले भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्नु भनेको छ । तर, तिनै सरकारका मन्त्रीहरु सहभागी भएर हजारौको संख्यामा कार्यकर्ता जम्मा गरेर व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्डलाई समेत बेवास्ता गर्दै सार्वजनिक कार्यक्रम गरीरहेका छन् । अहिलेको अबस्थामा कोरोनाको जोखिम बढाउन सरकार र राजनीतिक दल आफै लागिरहेका छन् ।

व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगरी सरकारी अनुरोधलाई समेत बेवास्ता गर्दै दैनिक जसो सार्वजनिक रुपमा हुने गरेका भिडभाड जन्य गतिबिधिका कारण नेपालले विगतमा भोगेको भन्दा खतरनाक ‘ओमिक्रोन’ को अर्को जोखिम भोग्नु पर्ने हो कि भन्नेप्रति सबै चिन्तित छन् । अहिले राजनीतिक दलहरुले आफ्नो कार्यक्रम गर्न जम्मा गरेका कार्यकर्तालाई केन्द्रदेखि गाउँ स्तरसम्म परिचालन गरेर कोरोना रोक्न प्रयोग गरेको भए आम जनताले धन्यबाद दिन्थे । तर, सरकार र राजनीतिक दलहरुले जनतालाई खुसी बनाउनुको सट्टामा आफ्नो गुटका कार्यकर्तालाई मात्रै खुसी बनाउन लागेका छन् । कोरोनाको त्रासमा रहेका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै सरकार र दलले आफ्ना कार्यक्रमहरु गर्नु पर्छ । राजनीतिक दलको विभिन्न गतिविधिका लागि लाखौको संख्यामा जम्मा हुने कार्यकर्ता र सत्तामा आसिन सरकारले गर्ने आगामी कार्यक्रम होशियारीका साथ गर्न जरुरी छ ।

प्रहार खबर साप्ताहिकमा २०७८ मंसिर १९ गते आइतबार प्रकाशित

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper