रामेछाप– गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले एमाले छोडेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा सनाखत गराएका छन् । शुक्रबार जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले आफू नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए ।
जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते सम्ममा आफू कुन पार्टीमा रहने हो भनेर सनाखत गराउन पत्रचार गरिसकिएको जनाएको छ । तर हाल सम्म एक जना बाहेक अरु सम्पर्कमा नाएको निर्वाचन अधिकारी कटुवालले बताए ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले आफू भदौ २२ गते सम्ममा निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउने भन्दै आएका छन् भने नेकपा (एस) रामेछापले भदौ २२ गते सम्ममा केही महत्वपूर्ण नेता सहित धेरै जनप्रतिनिधि आफ्नो पार्टीमा लाग्ने दावी गरेको छ ।
नेकपा एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने अन्तिम मिति भदौ २२ गते सम्म रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्