Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस १४ औँ महाधिवेशनः रामेछापको सभापतिमा लड्ने दुई नेताको घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ १७, २०७८

रामेछाप- वडा तह देखि केन्द्रीय तह सम्म हुन लागेको नेपाली काँग्रेको १४ औँ महाधिवेशनमा निर्वाचनको मिति नजिकिदै जादा रामेछाप काँग्रेसमा पनि पार्टी सभापति देखि विभिन्न पदमा आगामी नेतृत्वको लागि काँग्रेस नेताहरुले उम्मेद्वरी घोषणा गर्न थालेका छन् । जिल्लाको पहिलो पद मानिने जिल्ला सभापतिमा दुई नेताले आगामी नेतृत्वका लागि पार्टी सभापतिको उम्मेद्वार रहेको औपचारिक घोषणा गरेका छन् ।

बुधबार मन्थली नगरपालिका वडा नं ४ सालु इकाइले आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेस रामेछापका बर्तमान पार्टी सभापति लवश्री न्यौपाने र महासमिति सदस्य पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले पार्टी सभापतिको उम्मद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । न्यौपानेले यस अघि कुनै पनि औपचारिक कार्यक्रममा आफू पार्टी सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेका थिएनन् भने तामाङले ११ महिना अघि पत्रकारहरुसँगको भेटमा आफू रामेछाप जिल्लाको पार्टी सभापतिको उम्मेद्वार रहेको बताएका थिए ।

काँग्रेसको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले सभापतिमा आफ्नो उम्मेद्वारी कायम रहेको दोहो¥याउँदै पार्टी संगठन बलियो बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताए छन् । ‘गत निर्वाचनमा संघीय सासंदको उम्मेद्वार थिएँ, पार्टीको संगठन बलियो भएको भए मैले जित्ने रहेछु’ तामाङले भने,‘अब रामेछापका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा काँग्रेसलाई जिताउन र संगठन बलियो बनाउन मेरो उम्मेद्वारी हो ।’

अहिले सम्म रामेछापको पार्टी सभापति बन्नको लागि कसैले पनि उम्मेद्वरको घोषणा नगरेको बताउँदै आफू निर्विरोध सभापति पो बन्ने हो की ? भन्दै प्रश्न समेत गरेको थिए ।

तामाङले अहिले सम्म आफू मात्रै पार्टी सभापतिको उम्मेद्वार भएको बताएको केही बेरमा पार्टी सभापति एवं कार्यक्रमका प्रमुख अतिथि रहेको न्यौपानेले आफ्नो भनाई राख्दै १४ औँ महाधिवेशनमा रामेछाप काँग्रेस सभापतिमा आफ्नो पनि उम्मेद्वारी रहने बताएका छन् । सभापति न्यौपानेले लोकतान्त्रिक पार्टीको सुन्दर पक्ष निर्वाचन भएकाले काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्वका लागि हुने निर्वाचनमा मतदातालाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व चयन गर्न आम मतदातालाई अनुरोध गरेका छन् ।

काँग्रेसको सबै भन्दा तल्लो तह मानिएको वडा अधिवेशन रामेछापमा भदौ २३ गते देखि सुरु हुँदै छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper