Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home सम्पादकीय

सामाजिक संञ्जालसँग जोडिएको महिलाको अस्मिता

संवादाताः हाम्रो प्रहार
साउन ३१, २०७८

मानव समाजमा सामाजिक संजालले कस्तो असर पारेको छ त ? सकारात्मक  या नकारात्मक ?

यतिबेला विश्वलाई एक क्लीकमा संसारको जुनसुकै कुनाबाट पनि सामाजिक संजालको सहायताले नियाल्न सकिन्छ । इन्टरनेटको माध्यमबाट चल्ने फेसबुक, ट्वीटर, युट्युब, टिकटक, भाइबर, इमो इस्टाग्राम जस्ता सामाजिक संजालका एप्सहरु प्राय सबैको मोबाइलमा हुन्छन् । यिनै एप्सहरुको सहायताले घर परिवारबाट धेरै टाढा रहेका आफन्तलाई छिन भरमै सम्बन्ध अद्यावधिक गराउन तथा नयाँ–नयाँ कुराहरु जनकारी गराउन ठूलो भूमिका खेलेकोे हुन्छ । सामाजिक संजालले आफ्न आफन्तलाई नजिक बनाउने काम मात्रै गर्दैन नयाँ–नयाँ साथीहरुसँग चिनजान र सम्बन्ध विस्तार गराउन पनि ठूलै भूमिका खेलेको हुन्छ । विश्वमा हुने विभिन्न सूचनाहरु प्नि छिन भरमै जान्न सकिन्छ । तर मानव समाजमा सामाजिक संजालले कस्तो असर पारेको छ त ? सकारात्मक  या नकारात्मक ?

आफ्न आफन्तसँगको  सम्बन्ध अद्यावधिक  हुने, नयाँ–नयाँ कुुराको छिन भरमै जनकारी हुने, विश्वमा हुने विभिन्न गतिविधिका सूचना तत्काल थाहा हुने जस्ता कुरा हेर्दा त  यो सामाजिक संजाल मानव जीवनमा अति नै उपयोगी देखिन्छ तर पछिल्लो समयमा मानव जीवनमा यो उपयोगी हैन घातक बन्न  थालेको देखिन्छ ।

सामाजिक संजालको प्रयोग महिला पुरुष दुबैले उत्तिकै गरेका हुन्छन् तर यसको नकारात्मक असर भने बढी महिलामा परेको देखिन्छ । फेसबुक, ट्वीटर, भाइबर, इमो आदिमा अलि बढी सक्रिय महिला साथी देख्ने वित्तिकै पुरुष साथीहरुले साथी बन्न अनुरोध गरिहाल्छन् अनि महिला साथीले पनि कोही आफन्त वा नजिककै चिनेको मित्रले पठाएको हुन सक्छन भनी अनुरोेधलाई स्वीकार्न पछि पर्दैनन् । यसको अर्थ पुरुषले मात्र अनुरोध गर्छन भन्ने चाँहि होइन तर महिलाको दाँजोमा पुुरुषले बढी गर्ने गरेको पाइन्छ ।

सामाजिक संजालको सहायताले बनेका साथी कुनै बेला सोचेको भन्दा बढी घातक बनेका थुप्रै उदाहरणहरु छन् । केहि वर्ष अगाडि जीवन तामांङ लामा भन्ने ब्यक्तिले आफु अमेरिकाको सेना हुँ भनेर नेपालका उच्च ओेहदामा भएका व्यक्तिहरुसँग बसेको तस्बीर फेसबुकको म्यसेन्जरमा पठाउँदै अमेरिका पठाइदिन्छु भन्ने जस्ता लोभलालच देखाइ एकै पटक १६ जना नेपाली महिलाहरुबाट ४५ लाख भन्दा बढी पैसा असुल्न भ्याए । उनि पछि प्रहरीको कारबाहीमा त परे तर, यस्ता घटना अझै पनि दिनदिनै बढीरहेका छन् । पैसा असुल्ने मात्रै होइन कुनै विवाहित जोडीहरुले फेसबुक, ट्वीटर, भाइबर, इमो, इस्टाग्राम आदीमा कुरा गरेकै बिषयमा श्रीमान श्रीमती बीचको सम्बन्ध टुटेको छ । यसरी सम्बन्ध टुटेपछि समाजमा पुरुषलाई केही असर पर्दैन तर महिला जीवनभरी समाजबाट बाध्य भएर बहिसकृत हुनु पर्छ । महिला र पुरुष बीच विवाह गरे पश्चात धेरै पुरुषहरु बैदेशिक रोजगारिमा जाने गरेका छन् । रोजगारिमा जानुको एउटै उद्दश्य हो आर्थिक रुपमा सम्पन्न हुने । परिवारबाट धेरै टाढा हुँदा सम्बन्ध नजिक बनाउने माध्यम भनेको सामाजिक संजालनै कम खर्चिलो र सहज माध्यम हो । तर केही यस्ता घटना पनि घटेका छन् कसैको श्रीमानन विदेश गएपछि सामाजिक संजालको माध्यमबाट दोस्रो पुरुषले ठूलो लोभ देखाइ अनैतिक किसिमका सन्देशहरु पठाउने र ति महिलाको कमजोरीपनको फाइदा लुटेर समाजमा उनको अस्मितालाई ख्यालै नगरी नङ्ग्याइदिने गर्छन जसको फलस्वरुप महिला नै पीडित हुनुपरेको छ ।

त्यतिमात्र हैन सामाजिक संजाल प्रयोग गरेकै कारण मानव समाजमा विभिन्न सामाजिक अपराधका घटना हुने गरेका थुप्रै उदहारणहरु यिनै संजालका भित्ताहरुमा प्रसस्तै भेटिएका छन् । महिलाको अस्मिता ख्याल नगरि उनिहरुको जीवनमाथी खेलवाड गर्ने पुरुषहरुको संख्या पनि कम छैन यो सामाजिक संजालमा । त्यतिमात्र हैन कोहिसँग रिस उठ्यो भने स्ट्याटस मार्फत गाली गरेर रिस कम गर्ने गर्छन । यसको प्रत्यक्ष मारमा पुरुषको दाँजोमा महिला नै बढी पीडित छन् ।

तसर्थ महिलाको अस्मितालाई ख्याल–ख्याल ठानेर सामाजिक संजाललाई  खेलाउनको रुपमा प्रयोग नगरियोस । सामाजिक संजालमा सक्रिय हुनुहुने सम्पुर्णले महिलाको अस्मिता र आफ्नो इज्जतलाई ख्याल गरेर सहि सदुपयोग गरेमा सभ्य समाज निर्माणमा सामाजिक संजालको ठुलो  भूमिका हुन्थ्यो ।

प्रहार खबर साप्ताहिकमा साउन ३१ गते आइतबार प्रकाशित

Related Posts

प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा
समाचार

प्रकाशकीयः दोस्रो वर्ष पार गर्दै हामी तेस्रो वर्षमा

संवादाताः रामचन्द्र वि.क.
पुस १७, २०७९
0

प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशति प्रहार खबर साप्तहिक पत्रिका दोस्रो वर्ष पार गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष...

पुरा पढ्नुहोस्
सुरक्षा भत्ता बैंकिङ प्रणलीबाट दिदा नागरिकलाई सास्ती
समाचार

तीव्र गतिमा फैलिइरहेको छ कोरोना संक्रमण दर, जिम्मेवार छैनन् राजनीतिक दलहरु

संवादाताः रामचन्द्र वि.क.
पुस २५, २०७८
0

केही दिन अघि मात्रै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

पुरा पढ्नुहोस्
सुरक्षा भत्ता बैंकिङ प्रणलीबाट दिदा नागरिकलाई सास्ती
समाचार

राजनीतिक दलका गतिविधिले ‘ओमिक्रोन’ फैलने जोखिम

संवादाताः हाम्रो प्रहार
मंसिर १९, २०७८
0

पछिल्लो समय देखिएको कोरोना भाइरसको परिवर्तित रुप डेल्टा भेरियन्टको त्रास सकिन नपाउँदै फेरि विश्वका केही देशहरुमा कोरोना भाइरसको नयाँ रुप...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper