Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेता र कार्यकर्ताको मन एकतिर टाँस्सिएपछि काँग्रेसमा विवाद आएको हो– काँग्रेस नेता ढुंगेल

संवादाताः कुमार श्रेष्ठ
साउन १५, २०७८

रामेछाप– नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले काँग्रेसका हरेक नेता तथा कार्यकर्ताको मन कतै न कतै टाँस्सिएका कारण काँग्रेसमा विवाद आउने गरेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशन मन्थली नगर समितिले राष्ट्रिय खिर दिवसको अवसर पारेर मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ढुंगेलले काँग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गर्दै अहिलेको संरचनामा रामेछापबाट मात्रै दुई सय नेताहरु अटाउने ठाउँ भएपनि एउटा गुट वा एक व्यक्तिसँग टाँस्सिएर हिडेका कारण पार्टीमा सधैँ विवाद आउने गरेको बताएका हुन् ।

नेपाली काँग्रेस रामेछापका पुर्व पार्टी उप-सभापति समेत रहेका ढुंगेलले बाहिर आदर्शका कुरा गर्ने तर मनभित्र एउटा व्यक्ति वा गुटको कुरा बोकेर हिड्दा पार्टीमा विवाद र झगडा हुने गरेको बताए । नेपाली काँग्रेसमा एउटै व्यक्तिले धेरै पदको दावी गर्दा विवाद बढ्ने भएकाले अब एक व्यक्ति एक पदमा चुनाव लड्नु पर्ने धाराणा राखे ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका काँग्रेस नेता ढुंगेलले किसानहरुले मनाउँदै आएका राष्ट्रिय चडपर्वहरुसँग विपी कोइराला र नेपाली काँग्रेसको विषेश सम्बन्ध रहेको चर्चा गर्दै नेपालमा किसानहरुको पार्टी नेपाली काँग्रेस मात्रै भएको दावी गरे । अहिले विज्ञानको युग भएपनि किसानले उत्पादन गरेको खाद्यन्न नभई मानव जीवनको अस्तित्व नरहने भएकाले राज्यले सधैँ किसानलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले नेपाली काँग्रेस विभिन्न गुट उपगुटबाट नभई पार्टीको विधान, आदर्श, नेताहरुको त्याग र बलिदानबाट चल्नु पर्ने बताए । अहिले धेरै जसो जिल्लाको पार्टी क्रियाशिल सदस्यको विवाद नरहे पनि केही जिल्लाको क्रियाशिलता विवादले पार्टीको महाधिवेशनमा असर परेको भन्दै क्रियाशिल सदस्यको समस्या समधान गरेपछि मात्रै महाधिवेशन गर्न उपयूक्त हुने धाराणा राखे ।

उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीले राष्ट्रिय खिर दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै नेपाली काँग्रेसको नजिकिँदै गरेको महाधिवेशनमा चुनावबाट नभई सहमतीबाटै पार्टीको नेतृत्व टुंग्याउन सके आगामी निर्वाचनमा अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने बताइन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काले गिरिजा प्रसाद कोइरालको मुल नारा सहमति र सहकार्यबाट पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका छन् । नजिकिदै गरेको पार्टीको महाधिवेशनमा काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले जिल्लाका सबै नेता अटाउने गरी एउटा खाका तयार पारको बताउँदै त्यसलाई सबैले स्वीकार गर्न सके पार्टीमा कुनै विवाद नआउने तर्क गरे ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन मन्थली नगर समितिका अध्यक्ष जनक खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस महासमिति सदस्य निर्मला घिमिरे, काँग्रेस नेता गुञ्ज बहादुर श्रेष्ठ लगायतले राष्ट्रिय खिर दिवसको बारेमा चर्चा गर्दै पार्टीलाई बलियो बनाउन सबै एक भएर अगाडि बढ्नु पर्ने धाराणा राखेका छन् ।

मन्थलीको भैसेश्वर स्थित निर्माणाधिन विपी स्मृति भवनमा भएको कार्यक्रममा नेपाली काँगेस रामेछापका विभिन्न तहका नेता तथा कार्यकर्ता, विभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper