Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

विपन्नको चुल्हो बाल्दै काँग्रेस नेता खड्का, चार हजार बढी परिवारलाई चुजीको खाद्यन्न सहयोग

संवादाताः कुमार श्रेष्ठ
असार २८, २०७८

रामेछाप– नेपाली कांग्रेसका युवा नेता निरोज खड्काको पहलमा लिखुतामाकोशी गाउँपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । ताइवान स्थित अन्तरास्ट्रिय संस्था चुजी फाउन्डेसनको आर्थिक सहयोगमा प्रति परिवार २५ केजी चामल, १० केजी आँटा, १ केजी दाल, एक केजी चना, चिनी, एक प्याकेट नुन, एक लिटर तेल र ४ वटा साबुन लगायतको राहत प्याकेज पालिकाका सबै वडाका चार हजार दुई सय परिवारलाई वितरण गरिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएपछि आफ्नो दैनिकी चलाउन समस्या भएका परिवारलाई एक वर्ष देखिको निरन्तरको प्रयास पछि यो वर्ष सबैलाई सहयोग गर्न सफल भएको खड्काले बताए ।

लकडाउनका कारण घरभित्रै बस्न बाध्य भएका परिवारको चुल्हो बाल्ने अभियानका मुख्य अभियान्त समेत रहेका युवा समाजसेवी एवं काँग्रेस नेता खड्काले भने– ‘कोरोना महामारीले गर्दा रोजगार गुमाएका, दैनिक हात–मुख जोड्न समस्या भएका, चुल्हो बाल्न धौधौ भएका, निम्न आय भएका परिवारसँगै अशक्त, एकल महिला, दीर्घरोगी तथा अति विपन्न परिवारलाई करिव चार हप्ता लगाएर सबैको घर–घरमै राहत पुर्‍याएका छौ । यसले समस्यामा परेका आम लिखुतामाकोशी गाउँपालिकाबसीलाई केही समयका लागि राहत पुगको छ ।’

उनले चार तहमा रहेको सरकारले नागरिक प्रति देखाएको उदासिनतालाई सम्झदै थपे– ‘देशमा वडा देखि केन्द्रसम्म गरि चार तहको सरकार छ । सरकारको उपस्थिति लकडाउन गर्ने र नागरिकलाई घरभित्र थुन्नेमै सिमित रह्यो । नागरिकको पेट भर्नेतर्फ सरकारसँग कुनै अपेक्षा गर्ने ठाउँ देखिएन । रोगले भन्दा भोकले मर्नेको समस्या विकराल हुने छाट देखियो । त्यसैले निदाएको सरकारलाई झक्झक्याउनका साथै विपन्न नागरिकलाई एक महिना मात्रै भएपनि खाद्य संकटको चिन्ताबाट मुक्त गरेर चुल्हो बाल्न सहयोग होस् भन्ने हेतुले यो अभियान चलाएका हौँ ।’

एक वर्ष अघि लकडाउनकै समयमा एक विपन्न परिवारले एक पसलबाट आफूलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री लैजना खोज्दा उनिसँग पैसा नभएकै करण सामग्री विक्री गर्ने पसलको व्यापरीले उनलाई गरेको अमानविय व्यवहारले आफ्नो मन निकै दुखेको र त्यस्ता समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्नु पर्छ भन्ने भावना विकास भएपछि विभिन्न निकायमा समन्वय गर्दा–गर्दै एक वर्ष पछि दोस्रो कोरोनाको लहरमा आफूहरु सफल भएको नेपाली काँग्रेस रामेछाप प्रदेसभा ‘क’ का सचिव समेत रहेको निरोज खड्काले बताए ।

चुजी फाउन्डेशनले गाउँपालिकाको केन्द्र धोबी बजारसम्म राहत ढुवानी गरेको थियो भने बजारबाट गाउँ–गाउँ पुर्‍याउन कांग्रेस जिल्ला सदस्य भोजराज खड्काले आफ्नो पाँच वटा ट्रक राहत वितरण अवाधीभर उपलब्ध गराएका छन् । खाद्यान्न सामाग्रीको साथमा कांग्रेस युवा नेता सुर्य श्रेष्ठले उपलब्ध गराएको २५ हजार थान मास्क र पारासिटामोल पनि संगसंगै वितरणबाट गरिएको छ ।

लिखुतामाकोशी गाउँपालिकाको नागरिकको समस्यालाई समधानको लागि सहयोगी  ताइवानी संस्था चुजी फाउन्डेशनसँग समन्वय गराउन सहयोग गर्ने डा. सुमन कार्माचार्य र मुकुन्द विष्टलाई धन्यबाद दिदैँ मुख्य अभियान्त निरोज खड्काले पहिलो चरणमा छुट भएका करिव दुई हजार परिवारलाई दोस्रो चरणमा सहयोग गरिने प्रतिवद्धता जनाएका छन् ।

गाउँमा हप्तौं दिन सम्म अनवरत खटेर राहत वितरण गर्ने स्वयंसेवीको रुपमा नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता उनको भनाई रहेको छ । करिब एक सयको संख्यामा रहेका काँग्रेसका स्थानीय युवा नेता कार्यकर्ताको स्वयंसेवी टोलीको सम्पुर्ण ब्यबस्थापन तथा परिचालन नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिका सचीव दामोदर खड्का र उपसभापति हरिबहादुर खड्काले गरेका थिए । त्यस्तै पाँच नम्बर वडा सभापति रोम बहादुर तामाङ, कांग्रेस नेता टेकबहादुर तामाङ, अरुण खड्का, रामकृष्ण खत्री, तिर्थ तामाङ, कामसिं गोले, बिरबहादुर ब्लोन, चन्द्रकुमार तामाङ, मिलन घिसिङ, निर्मला परियार, पदम तामाङ, विरेन्द्र बोहरा, कमलप्रकाश सुनुवार, जनार्दन घिमिरे, गणेश बहादुर बोहरा, शंकर कार्की, बेदबहादुर कार्की, योगेश्वर तिमिल्सिना, त्रिविक्रम महत, सिंगबहादुर तामाङ लगायतका दर्जनौं स्वयंसेवकहरुले राहत वितरण्को लागि विभिन्न ठाँउको ब्यबस्थापन मिलाएका थिए ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper