
रामेछाप– नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । मञ्चले दुई नगरपालिका र ६ गाउँपालिकालाई पीपिई सेट ५–५ थान, स्यानिटाइजर १५–१५ लिटर, सर्जिकल माक्स २–२ हजार पिस लगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हो ।




दोस्रो चरणमा फैलिइ रहेको कोरोना भाइरसलाई न्यूनिकरण गर्न र कोरोना संक्रमितहरुको उपचारमा खट्ने स्वास्थ्यकर्मी तथा कोरोना नियन्त्रणको लागि रातदिन खट्ने जनप्रतिनिधिहरुको स्वास्थ्य सुरक्षामा थप सहयोग पु¥याउने उद्देश्यले पालिका स्तरमै पुगेर सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले बताए । आफूहरुले उपलब्ध गराइएका व्यक्तिगत सुरक्षाका सामग्रीगरेको स्थानीय सरकारलाई थोरै भने पनि सहयोग पुग्ने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भएका सदस्यहरु र रामेछाप जिल्ला घर भई काठमाण्डौमा विभिन्न पेशा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सहयोगमा उक्त सामग्री खरिद गरेर सबै पालिकालाई समानुपातिक ढंगबाट वितरण गरिएको उनको भनाई रहेको छ ।




आफ्नो प्रतिकृया दिनुहोस्