Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिकामा एम्बुलेन्सको विकल्पमा उपप्रमुखको गाडी

संवादाताः रामचन्द्र वि.क.
बैशाख २७, २०७८

रामेछाप– पछिल्लो समय विभिन्न जनप्रतिनिधि तथा नगरपालिकाले प्रयोग गर्दै आएका सवारीसाधनलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । यसै क्रममा रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको उपप्रमुखले प्रयोग गर्दै आइरहेको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेकी छिन् ।

नेपालमा तिब्र रुपमा फैलिइ रहेको कोरोना भाइरस रामेछाप नगरपालिकामा पनि फैलादो अवस्थामा रहेको र त्यसबाट आउने असहज परिस्थितिलाई समधान गर्न सहयोग पुग्ने अपेक्षा सहित उपप्रमुख सृजना खड्काले आफूले प्रयोग गर्दै आएको सुमोलाई एम्बुलेन्स बनाएकी हुन् । आइतबार एक सूचना जारी गर्दै कार्यवहाक नगर प्रमुख समेत रहेकी उपप्रमुख खड्काले नगरपालिकामा रहेका एम्बुलेन्सबाट मात्रै सेवा प्रवाह गर्न कठिन भएइरहेका अवस्थालाई मध्यनज गर्दै कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सहज होस भन्ने उद्देश्यले आफूले प्रयोग गर्दै आएको सुमोलाई कोभिड संक्रमित विरामी वोक्नको लागि प्रयोगमा ल्याइएको बताएको छ ।

उपप्रमुख खड्काले भनिन्– ‘हामी जनप्रतिनिधि हौँ, नगरबासीलाई जस्तोसुकै अफ्टेरो परेको बेला पनि हामीले सहयोग गर्नु पर्छ । अहिले त झन प्राणघातक रोग कोरोनाको महमारी चलेको छ । हामी चाहन्छौ जसरी भएपनि यसलाई नियन्त्रण गरौँ, नागरिकलाई बचौँ । त्यस कारण पनि आफूले प्रयोग गर्दै आएको सुमो गाडीलाई एम्बुलेन्सको रुपमा परिणत गरेको छु । यसले पनि थोरै सहयोग पुग्छ ।’

एम्बुलेन्स बनाइएको सुमो गाडीलाई (कोभिड मैत्री) कोभिडका विरामी बोक्न मिल्ने गरी सुरक्षित बनाउनको लागि नयाँ गोरख गण रामेछापले सहयोग गरेको छ ।

नगरबासीको स्वास्थ्य उपचारमा सहज गराउने गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्र्ने प्रक्रिया अगाडी बढाइसकिएको भएपनि कोरोना कै कारण अहिले तत्काल ल्यानउ नसक्दा कोरोना संक्रमितको दर दैनिक बढ्दै गएकाले थप आवश्यक परे आफूले प्रयोग गर्दै आएको गाडी पनि एम्बुलेन्स बनाउने योजना रहेको नगर प्रमुख नर बहादुर थापा मगरले बताएका छन् ।

रामेछाप नगरपालिकामा आइतबार सम्म २२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper