Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘हाम्रो रामेछाप नगरपालिका’ नामक पुस्तक सार्वजनिक, नगरको वस्तुस्थिति बुझ्न मद्धत पुग्छ– नगर प्रमुख

संवादाताः रामचन्द्र वि.क.
चैत्र १३, २०७७

रामेछाप- रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति समेत झल्कने गरी स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । रामेछाप नगरपालिकाले यसअघि नगर प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म अध्ययपन गराउने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक तयार गरेको हो ।

विहिबार पुस्तक सार्वजनिक गर्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले नगरका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई आफ्नो नगरको समग्र वस्तुस्थिति अध्ययन गर्न सक्ने गरी पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । रामेछाप नगरपालिकाको रणनीतिक योजनाको वस्तुगत विवरणको आधारमा तयार पारिएको पाठ्यपुस्तकले विद्यार्थी भाइबहीनिहरुलाई आफ्नो नगरको विषयमा थप जानकारी लिन सहज हुनुको साथै नगरपालिकाले समग्र विकासको लागि तय गरेको ‘कृषि, पर्यटन, सडक खानेपानी हाम्रो पूर्वधार, रामेछाप नगर विकासको दिगो आधार’ भन्ने नारालाई पुरा गर्न समेत मद्धत पुग्ने नगर प्रमुखको भनाई रहेको छ ।

पहिलो पटक सार्वजनिक गरिएको स्थानीय पाठ्यपुस्तक भएकाले यसलाई कार्यन्वयन गराउन शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा नगर प्रमुख थापामगरको जोड रहेको छ । पाठ्यपुस्तकलाई समय अनुसार परिमार्जन गर्न सकिने भएकाले पुस्तकमा आवश्यक अनुसार विषय बस्तु थपघट गर्न सुझाव दिन समेत नगर प्रमुखले अनुरोध गरे ।

पुस्तकमा रामेछाप नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थलहरू, विविध जातजातिहरू, स्थानीय चाडपर्वहरू, स्थानीय भाषाहरु, स्थानीय बाजाहरु, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरु, स्थानीय पर्यटन, स्थानीय स्रोत तथा साधन लगायतका विषयवस्तु समेटिएका छन्  ।

शिक्षा शाखाका संयोजक सुकदेव नेपाले नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई स्थनीय विषय पाठ्यक्रम तथा शिक्षण सिकाइएको बारेमा सहजीकरण गरेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper